ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोर्खाका भूकम्पपीडित मनाङमा ज्याला मजदूरी गर्दै


एबीसी न्यूज
१२ बैशाख २०७५, बुधबार   ११ : ०८   बजे

 

मनाङ, १२ वैशाख ।  २०७२ वैशाख १२ गतेको भूकम्पले घरबारविहीन गोरखा केरौँजाका भूकम्पपीडित अझै मनाङमा ज्याला मजदूरी गरेर गुजारा चलाउँदै आएका छन् ।

घरबार र आफन्त गुमाएपछि कुम्लोकाम्लो बोकेर मनाङ पसेका गोर्खाली अहिले मजदूरीमा व्यस्त छन् । भूकम्पले गाँस र बास हराएपछि भूकम्पपीडित गाँसबासको खोजीमा मनाङ छिरेका थिए । आफ्ना साना नानी काखी च्यापेर मनाङ पसेका पीडित ज्याला मजदूरी गरेर गुजारा चलाइरहेका छन् ।

अहिले ती भूकम्पपीडित मनाङको भ्रका, पिसाङ, ङावोल, घ्यरु र खंसारमा अस्थायी बसोबास गर्दै आएका छन् । उनीहरु दैनिक रु ६०० देखि ७०० कमाउँछन् । दिनभर मजदूरी गरी कमाएको पैसाले छाक टार्न मात्र पुग्ने गरेको गोर्खा केरौँजाकी माया गुरुङले बताइन् ।

भूकम्पले घर भत्काएर घरबारविहीन भएका पीडितले अहिलेसम्म सरकारले पहिलो किस्ताको रु ५० हजार दिएको राहतले कुनै गर्जो नचलेपछि आफूहरुले ज्याला मजदूरी गरेर पेट पाल्न बाध्य भएको बताउँछिन् ।

त्यस्तै, भूकम्पबाटै घरबारविहीन भएर ज्याला मजदूरी गर्न रसुवा, धादिङ, नुवाकोटलगायतका ठाउँबाट मनाङ आएका भूकम्पपीडित मनाङका विभिन्न ठाउँमा ज्याला मजदूरी गरी गुजारा चलाइरहेका छन् ।

भूकम्पले घरबारविहीन भएर कामको खोजीमा अन्यत्र गएकालाई पनि सरकारले राहत र बासस्थानको व्यवस्था मिलाउनु जरुरी देखिएको छ ।

भूकम्प गएको तीनवर्ष बितिसक्दा पनि पीडितको अवस्था ज्यूँका त्यूँ हुनुमा कसको कमजोरी छ, कहिले पाउलान् पीडितले तोकिएको राहत, यसमा सरकारको ध्यान जानुपर्ने आवश्यकता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोल्पाका विपद् प्रभावितलाई राहतमा कमी हुन दिँदैनौँ : मुख्यमन्त्री आचार्य

देश निर्माणका लागि ‘श्रम संस्कृति’ मात्रै राजनीतिक शक्ति हो : महासचिव राई

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

DR Congo Ebola Outbreak Surpasses 2,500 Deaths as Spread Accelerates

El Niño Forecasts Predict Unprecedented Intensity, Heightening Global Weather Risks

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

रोल्पाका विपद् प्रभावितलाई राहतमा कमी हुन दिँदैनौँ : मुख्यमन्त्री आचार्य

देश निर्माणका लागि ‘श्रम संस्कृति’ मात्रै राजनीतिक शक्ति हो : महासचिव राई

शशांक कोइरालाको अपिल– गगन थापा नेतृत्वको समितिले गराउने अधिवेशनमा सहभागी नहुनुस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu