भक्तपुर, १२ वैशाख । निजी विद्यालयले गरेको शुल्कवृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनहरुले बुधबार शिक्षा विभागको कार्यालयमा प्रदर्शन गरेका छन् । प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले छिटोभन्दा छिटो शुल्क नघटाए राष्ट्रव्यापी शैक्षिक हड्ताल गर्ने चेतावनी समेत दिएका छन् ।
भक्तपुरको सानोठिमीस्थित विभागको कार्यालयमा १० बज्नुअघि नै पुगेका विद्यार्थीहरुले विभागका कर्मचारी प्रवेशमा रोक लगाएका पछि केहीबेरउक्त स्थान तनाव ग्रस्त बनेको थियो ।
प्रदर्शनमा अनेरास्ववियुका कार्यवाहक अध्यक्ष महेश बर्तौला, नेविसंघ उपाध्यक्ष पुष्प शाही, अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेत, अखिल छैठौंका अध्यक्ष विमल पोखरेल र नेक्राविसंका अध्यक्ष निरज लवजुसहित विद्यार्थीहरु सहभागी थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेताहरुले अविलम्ब शुल्क नघटाए देशभर शैक्षिक हड्ताल गर्ने चेतावनी दिए । शिक्षा विभाग आफैले जारी गरेको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ को कार्यान्वयनमा जोड दिएका थिए ।
आन्दोलनरत संगठनहरुले आगामी १४ गते देशभरका स्थानीय तहको कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेका अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्