रुपन्देही, १४ वैशाख । प्रदेश नं ५ को प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विषेश सम्बोधन गर्नुहुने भएको छ ।
वैशाख २१ गतेका लागि तोकिएको प्रदेशसभा अकस्मात प्रदेश सरकारको चाहनाअनुरुप आइतबार बस्न लागेको प्रदेश नं ५ को प्रदेशसभा सचिवालयले जनाएको छ ।
“देशको प्रमुखबाट प्रदेश सरकारले सम्बोधनको चाहना राखेकाले सम्बोधन हुन लागेको हो” प्रदेश नं ५ को प्रदेशसभाका सचिव डा मानबहादुर विकेले भन्नुभयो ।
उहाँले सो प्रदेशसभा बैठकमा १६ गते बिहान ९ बजे उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्