ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशको नामाकरण अझै नभएको भन्दै प्रधानमन्त्री ओलीबाट आश्चर्य व्यक्त


admin
१९ बैशाख २०७५, बुधबार   ७ : ४१   बजे

झापा, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले मुलुकको समग्र क्षेत्रको विकास गरेर समृद्ध नेपाल निर्माण गर्ने बताउनुभएको छ ।

भmापाको दमकस्थित मुख्य बजारमा निर्माण गरिएको ‘नमूना बजार’को आज उद्घाटन गर्दै उहाँले वर्तमान सरकारको पहिलो एजेन्डा विकास र समृद्धि भएकाले समृद्ध मुलुक निर्माण गर्न सबैलाई आ–आफ्नो ठाउँबाट जुट्नसमेत आग्रह गर्नुभयो । “यो सरकारले अब कृषि, उद्योग, व्यापार, पर्यटनलगायत सबै क्षेत्रको विकास गरी समग्र क्षेत्रबाट मुलुकलाई अब्बल सावित गर्छ”–प्रधानमन्त्री ओलीले भन्नुभयो ।

दमक नगरपालिका–६ मा रु एक करोड ३५ लाखको लागतमा नमूना बजार तयार गरिएको छ । पार्कसहितको नमूना बजारमा पानीको फोहोरा, फूलबारी, आराम चियर, विभिन्न आर्कषक लाईटसमेत जडान गरिएको छ ।

दमक नगरपालिकाको रु एक करोड २० लाख र बाँकी उपभोक्ताको लगानीमा नमूना बजार निर्माण गरिएको दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले बताउनुभयो ।

सो अवसरमा नमूना बजारको परिकल्पनाकार दमक नगरपालिकाका निवर्तमान कार्यकारी अधिकृत युवराज दाहाललाई सम्मानसमेत गरिएको थियो । नमूना बजारको बीचमा लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टले पानीको फोहोरा बनाएको हो । लायन्स स्तम्भ र त्यसमाथि भएको सिंहको प्रतीकले यहाँको आकर्षण बढाएको भन्दै प्रधानमन्त्री ओलीले लायन्स क्लबलाई धन्यवाद दिनुभयो ।

‘प्रदेशको नाम र राजधानी तोक्न ढिला नगर्नुहोस्’ 

प्रदेश नं १ को नामाकरण अझै नभएको भन्दै प्रधानमन्त्री ओलीले आश्चर्य व्यक्त गर्नु भएको छ । “सप्तकोसी, सगरमाथा यही प्रदेशमा पर्छ”–प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रदेश नं १ को नामाकरण र राजधानी तोक्न अब के ले रोक्यो ।”

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीप्रति लक्षित गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “सप्तकोसी र सगरमाथा भएको प्रदेशमा नामको अभाव कसरी हुन्छ ।” विकासका लागि राजधानी नै बन्नुपर्छ भन्ने छैन भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “राजधानी तोक्न र प्रदेशको नामाकरण गर्न अब ढिलाई नगर्नुहोस् ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group