ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थलबाट यसरी छिर्छ सुन ?


एबीसी न्यूज
२० बैशाख २०७५, बिहिबार   ८ : ५३   बजे

काठमाडौं, २० वैशाख । विमान स्थलमा सुरक्षाका बिभिन्न घेरा हुन्छन् । तस्करले पहिलो चरणमा भन्सार कार्यालयका कर्मचारीसँग ‘सेटिङ’ मिलाउँछन् । एयरलाइन्सका कर्मचारीसँग पनि ‘सेटिङ’ हुन्छ । तेस्रो घरामा मात्र प्रहरीसँग सेटिङ हुन्छ ।

त्यस्तै, अध्यागमनका कर्मचारी र गुप्चरसँग पनि मिलेमतो हुन्छ । विमानस्थलमा खटिएका गुप्तचरसँग भने तस्करको सोझो सम्पर्क हुँदैन । भन्सार र अध्यागमनका कर्मचारीमार्फत् गुप्तचरका कर्मचारीसँग मिलेमतो हुन्छ । यसरी सबै संयन्त्र कब्जामा लिएपछि तस्करीको योजना सफल हुन्छ । त्यसैले छानबिन सबै संयन्त्रमाथि हुनुपर्ने हो ।

पूर्वएआईजी विज्ञानराज शर्मा

पूर्वएआईजी शर्मा भन्छन्– सुन पठाउनुअघि विमानस्थलका सबै संयन्त्रमा मान्छे फिट गरिएका हुन्छन् । सबै मान्छे आ–आफ्नो ठाउँमा रहेको पक्का भएको खबरपछि मात्रै तस्करले जहाजमार्फत् सामग्री पठाउँछ । यस क्रममा उसले तस्करीका सामग्री प्याक गरिएको लगेको फोटो भाइबर, इमो वा फेसबुकमार्फत् भन्सार र एयरलाइन्सका कर्मचारीकहाँ आइपुग्छ ।

एयरलाइन्सका कर्मचारीमार्फत् सर्कुलेट हुँदै सम्बन्धित जहाजको लोडरउसम्म पुग्छ । सोही फोटोको आधारमा तस्करको सामग्री पहिचान हुन्छ । लोडरले अन्यसँगै तस्कर सामग्रीलाई गाडीमा लोड गरेर भन्सार चेकजाँच कक्षमा लैजान्छ । सामान्यतः जहाजबाट आएका सम्पूर्ण सामग्री एक्सरे मेसिनमा एक–एक गर्दै चेकजाँच गरिन्छ । तर, तस्करीका सामान सकेसम्म एक्सरे मेसिनमा राखिन्न । राखिहाले पनि चेकजाँच गर्नेले नदेखेझैं गरिदिन्छ । किनकी, त्यो लगेजको फोटो जाँच गर्ने कर्मचारीसम्म पुगिसकेको हुन्छ । तस्करीको सामान सुन हो भने रातारात सीमा कटाइन्छ ।

सात अनुत्तरीत प्रश्न

१. मुख्य अभियुक्त गोरेलाई बाहिरबाट सहयोग गर्ने प्रहरी समातिए । उनीहरुमाथि मुद्दा लाग्यो । तर, साढे ३३ किलो सुन ल्याउन दिने विमानस्थलकै सुरक्षाकर्मीमाथि अनुसन्धान भएन ।

२. विमानस्थलमा प्रहरीमात्र होइन, भन्सार, अध्यागमन, गुप्चरजस्ता सुरक्षा संयन्त्र हुन्छन् । ती संयन्त्रमाथि छानबिन भएन । जबकि, यसअघि सीआईबीका तत्कालीन प्रमुख नवराज सिलवालको नेतृत्वले ३३ किलो सुन बरामद गर्दा प्रहरीका एसएसपी श्याम खत्री मात्र होइन, भन्सार अधिकृत श्रीनारायण यादव, एक्सरे मेसिन टेक्निसियन राज ढकाल, रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठ र गंगा भुर्तेल पक्राउ परेका थिए ।

३. साढे ३३ किलो सुन तस्करीका मुख्य योजनाकार चुडामणि उप्रेती गोरे २० पुस २०७३ मा बरामद भएको ३३ किले सुन तस्करीका पनि फरार अभियुक्त हुन् । तर, अध्यागमनको रिपोर्टअनुसार त्यसपछि पनि गोरे विमानस्थलबाटै पटक–पटक विदेश आवतजावत गरेको देखिन्छ । फरार अभियुक्त विमानस्थलबाट आवतजावत गर्दा अध्यागमन र गुप्तचरले के हेरे ?

४. एयरलाइन्सका कर्मचारी पनि तस्करीमा संलग्न हुने गरेका घटना यसअघि पनि आएका छन् । तर, यसपालि पनि तल्लो तहका कर्मचारीमात्र कारबाहीको दायरामा आए । माथिल्लो तहमाथि छानबिन भएको छैन ।

५. विमानस्थल सुरक्षाका लागि नेपाल प्रहरीको तर्फबाट डीआईजीको कमाण्डमा ३ सय ७ प्रहरी कर्मचारी खटिन्छन् । विमानस्थलको प्रत्येक स्थान र जहाजसम्मै पुग्ने अनुमति उनीहरुलाई हुन्छ । कर्मचारी हिँड्ने मार्गमा सीसीक्यामेरा हुन्छ । कर्मचारी आउने बाटोबाट सुन बाहिर ल्याइएको हो भने सामान बोकेर आइरहेका कर्मचारी वा प्रहरीलाई सीसीक्यामेरा मोनिटर गर्ने प्रहरीले किन देखेनन् ?

६. सुन बाहिर ल्याउने काम थाई एयरवेजका कर्मचारी सानु बनले गरेको भनिएको छ । केही दिनपछि उनी विमानस्थलभित्रै दगुर्दै गएर इन्धन ट्यांकरमा ठोक्किएको भिडियो सीसीक्यामेराले खिचेको छ । तर, त्यस्तो स्वाभाविक मृत्यु वा आत्महत्याबारे तत्कालै किन छानबिन भएन ?

७. २९ जना पक्राउ पर्दा र ६३ जनाविरुद्ध मुद्दा लाग्दा पनि मुख्य योजनाकार गोरेको अत्तोपत्तो छैन । अझ यति धेरै चर्चा भएको साढे ३३ किलो सुन कहाँ छ ?
नयाँ पत्रिका दैनिक बाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group