‘अध्यक्षले एकता प्रक्रिया सहमतिनजिक पुगेको ब्रिफिङ गर्नुभयो, राजनीतिक प्रतिवेदन, विधानलगायतका विषयमा सहमति जुटिसकेको र अब केन्द्रीय समितिको संख्याका विषयमा कुरा मिल्न बाँकी रहेको जानकारी गराउनुभयो’, बैठकमा सहभागी माओवादी केन्द्रका नेता मणि थापाले भने ।
बिहीबार आफूले ओलीसँग वार्ता गर्ने र केन्द्रीय समितिको संख्यालगायतमा सहमति जुट्न बाँकी विषयलाई अन्तिम रूप दिने प्रचण्डको भनाइ थियो । दुई अध्यक्षबीचको छलफलमा एकताका विषयमा सहमति भए दुई दिनपछि पुनः पार्टीको सचिवालय बैठक बस्ने र एकताका विषयमा औपचारिक निर्णय गरिने थापाले बताए ।
प्रचण्डको भनाइ उल्लेख गर्दै नेता गणेश शाहले सम्माजनक,न्यायोचित र समानताका आधारमा एकता हुने बताए । ‘पार्टी एकता भएपछि एमाले पनि रहँदैन, माओवादी पनि रहँदैन,’ शाहले भने, ‘सम्मानजनक न्यायोचित र समानताका आधारमा एकता हुन्छ ।’ एकताका लागि धेरै विषय मिलिसकेको बताउँदै प्रचण्डले थोरै प्राविधिक विषयमा सहमति भएमा पार्टी एकता हुने बताए ।
प्रतिक्रिया दिनुहोस्