काठमाडौं, २० वैशाख । कुवेतको सिजिजिसी कम्पनीमा कार्यरत नरेश बैठाको मृत्यु भएको छ । सर्लाहीको डुमरिया ९ का बैठा ६ महिनादेखि कन्स्ट्रक्सन हेल्परका रुपमा त्यस कम्पनीमा कार्यरत थिए ।
सहकर्मीका अनुसार उनी केही दिनेदेखि बिरामी रहेको र बुधबार कम्पनीको क्याम्पमा बिहान २ बजेदेखि रगत बान्ता गरेका थिए । अस्पताल पुर्याउँदा उनको निधन भएको कम्पनीका एचआर म्यानेजर याङले जानकारी गराएका छन् ।
बैठाको शव जाहारा अस्पतालमा राखिएको छ । आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव नेपाल पठाउने तयारी भइरहेको छ । घटनाबारे नेपाली दूतावासमा जानकारी आएको र थप जानकारी लिने काम भइरहेको प्रथम सचिव भोगेन्द्र लिङदेनले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्