विराटनगर, २० वैशाख । नेपाल पत्रकार महासंघ मोरङले नेपाल प्रहरीका निलम्बित वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीले पत्रकारमाथि गरेको दुव्र्यवहारप्रति घोर भत्र्सना गरेको छ ।
सुन गायव र सनम शाक्यको हत्याको सम्बन्धमा बुधबार जिल्ला अदालत मोरङमा समाचार संकलन गर्न पुगेका सञ्चारकर्मी अन्नतराज न्यौपाने, ध्रुव भट्टराई, अनिल श्रेष्ठ र सुमन सुस्केरालाई लोहनीले अश्लिल गाली गर्दै लात्तीले हान्ने प्रयास गरेको सो संघका उपाध्यक्ष कुमोद अधिकारीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गम्भीर अपराधका घटनामा मुछिएका अभियुक्तद्वारा अदालतको परिसरमै भएको यस्ता घटनाले प्रेस स्वतन्त्रतामाथिको हमला भन्दै महासंघले सरकारसँग लोहनीमाथि थप कारबाहीको माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्