काठमाडौं,२० वैशाख। सिन्डिकेट जोगाउनुपर्ने पक्षमा रहेका यातायात व्यवसायीले बिहीबार मध्यान्हबाट लामो दूरीका लागि छुट्ने बस बन्द गराएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको आन्दोलनअनुरुप लामो दूरीका बस रोकेको हो ।
महासंघले भोलि सांकेतिक पमा देशभर सबै सार्वजनिक यातायात सेवा ठप्प पार्ने कार्यक्रम घोषणा गरेको छ । महासंघका एक सदस्यकाअनुसार मध्यान्हभन्दा पछि छुट्ने सवारी भोलि सडकमै भेटिने भएकाले आजैबाट गाडी रोकिएको हो ।
‘आज ढिला छुट्ने बस राति नै गन्तब्यमा पुग्दैनन् । त्यसो हुँदा भोलिको बन्द प्रभावकारी हुँदैन । त्यसैले आज मध्यान्हपछि समितिहरुका बस छुट्दैनन्,’ उनले भने,’नाइट बसहरु चल्दैनन् ।’नयाँबसपार्कको व्यवस्थापन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिकाअनुसार विहान १ सय २० वटा बस विभिन्न लामो गन्तब्यका लागि छुटेका छन् ।
प्रतिक्रिया दिनुहोस्