काठमाडौं, २० वैशाख । त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायका विद्यार्थीले पढाई नियमित हुनपर्ने भन्दै विभागीय प्रमुखसहितका प्राध्यापकलाई थुनेका छन् ।
उनीहरुले विभागीय प्रमुख कृष्णप्रसाद आचार्यसहित २५ जना प्राध्यापकलाई विभागीय प्रमुखकै कार्यकक्षमा दिउँसोदेखि थुनेर राखेका छन् । करार हुनुपर्ने माग गर्दै आंशिक प्राध्यापक संघले वैशाख १६ गतेदेखि विश्वविद्यालयमा पढाउन छाडेका छन् । तर विद्यार्थीहरुले भने कक्षा नियमित हुनुपर्ने भन्दै बिहीबार विभागीय प्रमुखसहितका प्राध्यापकलाई थुनेका हुन् ।
‘बाहिर धेरै पुलिस पनि आएका छन्, तर अहिलेसम्म ताला खोलेर हामीलाई बाहिर निस्कन दिएका छैनन्’ कोठाभित्र थुनिएका बाबुराम राईले संचारकर्मी संग भन्नुभयो, ‘हामी २ जना आंशिक प्राध्यापक सही झण्डै २५ जना कोठमा थुनिएर बसेका छौँ, कतिखेर ताला खुल्ने हो थाहा छैन ।’
प्रतिक्रिया दिनुहोस्