ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायात ब्यवसायीको बन्दले प्रदेश नम्बर ५ पूर्ण प्रभावित


sharan sharan
२१ बैशाख २०७५, शुक्रबार   ८ : ३२   बजे

बुटवल, २१ बैशाख ।
सेण्डीकेट पक्षधर यातायात ब्यवसायीहरुले गरेको यातायात बन्दका कारण प्रदेश ५ को राजधानी बुटवलमा सार्वजानीक यातायात पूर्णरुपमा बन्द भएकाछन् । ब्यवसायीहरुको हड्तालका कारण सडक र बसपार्कसमेत सुनसान देखिएको छ ।
यातायात हड्तालको प्रभाव प्रदेश नंं ५ का पहाडी जिल्लाहरुमा पनि परेको छ । बुटवलबाट छुट्ने गुल्मी, अर्घाखांची, प्युठान, रोल्पा सहित स्थानीय रुटहरुमा चल्ने सवारी साधन समेत ब्यवसायीहरुले ग्यारेजमा थन्काएपछि गन्तब्यमा पुग्न निस्केका यात्रुहरुलाई सास्ती भएको छ । बुटवलस्थित लुम्बिनी बस टर्मिटनलबाट प्रदेश ५ का १२ वटै जिल्लामा सवारी साधन छुट्ने गरेकामा हड्तालका कारण बस टर्मिनल परिषर पुरै सुनसान देखिएको छ ।
बस टर्मिनलभित्र रहेका पश्चिम नेपाल बस व्यवसायी संघ, सिद्धार्थ यातायात, बुटवल यातायात, गुल्मी यातायात, सुपा देउराली यातायात लगायतका बस तथा जीप समितिले आफ्ना टिकट काउन्टरहरु बन्द गरेर बसपार्क खाली गराएका छन् । सरकारले ब्यवसायीहरुले सेण्डीकेट लगाएको भन्दै आएपनि पश्चिम नेपाल बस ब्यवसायी संघ बुटवलले भने आफुहरुले सेण्डीकेट नलगाएको बताउंदै आएको छ । सरकारले सुनुवाई नगरेसम्म आन्दोलन नरोकिने पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष जिवन बन्जाडेले जानकारी दिएकाछन् ।
बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि यात्रुहरु बसपार्कमै अलपत्र परेका छन् । सार्वजानीक साधन नचलेकै कारण बसबाट स्कूल कलेज जाने विद्यार्थी, सरकारी कर्मचारी तथा दैनीक ज्यालामा हिंड्ने श्रमीकहरु सबै भन्दा बढी समस्यामा परेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सारछलीको मोबाइलसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

बादल र इन्दिराले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाउन निर्देशन

सम्बन्धित

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

नवनिर्मित सभाहलमा फर्किँदै गण्डकी प्रदेशसभा, भदौ ११ मा मुख्यमन्त्रीसँग सांसदको प्रत्यक्ष सवाल-जवाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu