गुलरिया,२२ वैशाख । धनगढीबाट कोहलपुरतर्फ गइरहेको जीप बर्दियामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । छ जना यात्रु घाइते भएका छन् । घटनामा म्याग्दी बेनीका ४२ वर्षीका रामबहादुर हमाल र कञ्चनपुर भीमदत्त नगरपालिकाका ३३ वर्षीय भुवन पन्तको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।
शुुक्रबार राति पूर्वपश्चिम राजमार्गको बर्दिया बारबर्दिया नगरपालिका—८ औरी बजार नजिक बा १७ च १२१७ नम्बरको जीपको पछाडिको चक्का पञ्चर हुँदा पल्टिएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
जीप चालक डडेल्धुरा अमरगढी नगरपालिका—२ का ओमप्रकाश भट्ट लगायत छ जनाको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्