काठमाडौं, २२ वैशाख । यातायात व्यवसायी राष्ट्रिय महासंघले आफ्ना महासचिव सरोज सिटौलालाई रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमलाले गिरफ्तार गर्न लगाएको आरोप लगाएको छ ।
महासंघका उपाध्यक्ष विजयबहादुर स्वाँरले अध्यक्ष धमलाले आफ्नो क्लवमा बोलाएर सिटौलालाई पक्राउ गराएको आरोप लगाएका हुन् । नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार धमलासँगको कुराकानीमा भने, ‘तपाईले साक्षात्कारका नाममा हाम्रो महासचिव सरोज सिटौलालाई बोलाउनुभयो । प्रहरी बोलाएर पक्राउ गराउनुभयो ।’
उपाध्यक्ष स्वाँरले आरोप लगाएपछि पत्रकार धमलाले प्रतिवाद गरेका थिए । धमलाले महासचिव सिटौलालाई आफूले पक्राउ नगराएको दाबी गरेका छन्। साक्षात्कारका लागि पुगेका बेला शुक्रबार दिउँसो प्रहरीले रिपोर्टर्स क्लवभित्रैबाट महासचिव सिटौलालाई पक्राउ गरेर लगेको थियो ।
प्रतिक्रिया दिनुहोस्