काठमाण्डौ, २२ बैशाख । काठमाण्डौ महानगरपालिकाभित्र जथाभावी पोस्टर टाँस्नेहरुलाई कारवाही गरिने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर यो अभियान थालिएको हो । भारतीय प्रधानमन्त्री नेपाल आउँदा सडकदेखि सबै पूर्वाधार टिलिक्क टल्काउने महानगरको पुरानै अभ्यास हो ।
काठमाण्डु महानगरपालिकाले नगर प्रहरी परिचालन गरेर पोष्टर टाँस्नेमाथि निगरानी बढाउने भएको छ । अहिले बढीजसो रातको समयमा आफ्ना पोष्टर पम्प्लेट, ब्यानर टाँस्ने र भित्तेलेखन गर्ने प्रचलन छ ।
अब महानगरपालिकाले शहरी सौन्दर्यमा असर पर्ने गरी विभिन्न प्रचार सामग्री टाँस्न र भित्तेलेखन गर्न नदिने प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । यदि टाँस्दै गरेको भेटिए तत्कालै नियन्त्रणमा लिएर कारवाही अघि बढाउने महानगरको तयारी छ । ‘पोस्टरमा टास्ने र टाँस्न लगाउनेहरुलाई कारवाही गछौं,’कार्कीले भने, ‘महानगर क्षेत्रलाई सुन्दर बनाउन अब हामी विशेष योजनाका साथमा आएका छौं ।’
प्रतिक्रिया दिनुहोस्