काठमाडौ, २२ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा सवै कुरामा सहमति भइसकेको बताएका छन् ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ स्थित लेवाडे पुगेका बेला प्रचण्डले पार्टी एकतामा सबै कुरा टुंगिएको बताए । उनले भने, ‘पार्टी एकताको टुंग्याउन बाँकी कुरा हामीले विहीबारनै सहमति गरि सकेका छौ , पार्टी एकता संयोजन समितिले भाषागत रुपमा लिपिबद्ध मात्र गर्न बाँकी छ ।म यहाँबाट काठमाडौं फर्केलगत्तै गर्छौं ।’
पार्टी एकता हुनेमा ढुक्क हुन आग्रह गरे । एउटै कम्युनिष्ट केन्द्र बनाउनुको विकल्प नरहेको भन्दै उनले एमाले र माओवादी मिलेर बन्ने नयाँ कम्युनिष्ट पार्टीमा अन्य कम्युनिष्ट पार्टीहरु पनि मिल्न आउने दाबी गरे । माओवादी अध्यक्ष प्रचण्डले अबको ५ वर्षमा बाम गठबन्धनको सरकारले राम्रो गरे ५० वर्षसम्म कम्युनिष्ट सरकार चल्ने बताए । यो सरकारले केही गर्न नसके अर्को चुनावमा जनताले सजाय दिने चेतावनी दिए ।
शनिबारै माओवादी केन्द्र कास्कीद्वारा आयोजित कार्ल माक्र्सको द्विशतबाषिर्की कार्यक्रममा प्रचण्डले पार्टी एकता अब कसैले रोकेर नरोकिने ठोकुवा गरे ।
प्रतिक्रिया दिनुहोस्