काठमाडौं, २२ वैशाख । विमानस्थलबाट हुने सुन तस्करीमा मुछिएका एक प्रहरीलाई राष्ट्रसंघीय शान्ति मिसनबाट फकाई प्रहरी हिरासतमा लिइएको छ। प्रहरी हवल्दार अम्बरबहादुर थापा मगरलाई शान्ति मिसनबाट फिर्ता बोलाई जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको हो।
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कार्यरत रहेका बेला एसएसपी श्याम खत्रीको निर्देशनमा सुन ओसार्ने गतिविधिमा संलग्न थिए। गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले तस्करीमा उनको समेत संलग्नता औंल्याएपछि प्रतिवादी बनाउन सिफारिस गरेको थियो। सोही अनुसार उनलाई शान्ति मिसनबाट फिर्ता बोलाइएको हो।
तस्करी र हत्या मुद्दामा संलग्न पक्राउ पर्नेको संख्या ३० पुगेको भने मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’सहित ३३ जना फरार छन्। जिल्ला अदालत मोरङमा मुद्दाको थुनछेक बहस चलिरहेको छ।
प्रतिक्रिया दिनुहोस्