काठमाडौँ, २२ वैशाख। नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ ।
महासंघको परिसरमा बिहान ८ देखि ४ बजेसम्म भएको उक्त निर्वाचनमा महासचिव र समावेशी सचिव पदका लागिमात्र निर्वाचन भएको हो ।
काठमाडौँ, ललितपुर र भक्तपुर तीनै जिल्लाबाट करीब दुई हजार मतदाता रहेको चुनावमा ५६६ मत खसेको महासंघका केन्द्रीय सदस्य नकुल अर्यालले जानकारी दिनुभयो ।
अध्यक्षसहित २१ सदस्यीय कार्यसमिति निर्वाचित गर्नुपर्नेमा १९ जना निर्विरोध निर्वाचित भइसकेका छन् । यसअघि अध्यक्षसहित पाँच पदाधिकारी तथा १४ सदस्यको टुंगो लागिसकेकाले लागि दुई पदका लागि गरिएको निर्वाचनमा चारजनाको मात्र उम्मेदवारी परेको थियो । आजै मतगणना गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्