काठमाडौं, २५ वैशाख । हिन्दू धर्म कायम गर्न र धर्मगुरुहरूलाई उक्साई मुलुकमा द्वन्द्व सिर्जना गर्ने उद्देश्यले आफंैलाई गोली हान्न लगाएका स्वामी श्रीनिवास आचार्यको कार्यप्रति जनजाती महासंघले आपती जनाएको छ ।
नेपाल विविधतायुक्त नेपाली जनताको त्याग, योगदान, बलिदान र संघर्षबाट गणतन्त्र, संघीयता, धर्म्निरपेक्षता, समानुपातिक समावेशिताजस्ता राजनीतिक उपलब्धिहरू प्राप्त भएको छ ।
नेपालको संविधानले आदिवासी जनजातिका मूल मुद्धा पहिचान र अधिकारहरूलाई मूलभूत रुपमा अझै सम्बोधन गर्न नसकिरहेता पनि नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको कुरा बताउदै नेपाललाई पुनः हिन्दू राज्य बनाउने र धार्मिक बितण्डता मच्चाउने तथा धार्मिक द्वन्द्व बढाउने उद्धेश्य अनुरुप पछिल्लो समय हिन्दू धर्म गुरु श्रीनिवास आचार्यमाथि आफैले, आफैलाई, गोली हानिएको कुरामा नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष मुलुकमा परिवर्तनबाट भएका उपलब्धिलाई रक्षा र प्रबद्र्धन गर्नुपर्ने बेलामा जुनखाले सुनियोजित घट्ना परिघट्नाहरू देशको हितको लागी नभएको र यस्ता कार्यमा संलग्नलाई राज्यले कडा भन्दा कडा सजाय दिनुपर्ने अध्यक्ष जगत बहादुर बराम द्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।
विज्ञप्ति-
प्रतिक्रिया दिनुहोस्