ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हात्ती पीडितको पत्र प्रधानमन्त्रीलाई


admin
२३ श्रावण २०७४, सोमबार   ८ : १४   बजे

झापा, २३ साउन । झापामा जंगली हात्तीका कारण स्थानीय पीडित छन् । वर्षेनी जंगली हात्तीले बितण्डा मच्चाउँछ । वर्षेनी हात्ती आतंक खेप्दै आएको झापालीले हात्ती आतंक समाधान गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका छन् ।
झापाका दुई नगरपालिका र तीन गाँउपालिकाका ३ हजारभन्दा बढी हात्ती पीडित स्थानीयले हस्ताक्षर गरेको ज्ञापनपत्र नेपाली काँग्रेसका वरिष्ठ नेता तथा सांसद कृष्णप्रसाद सिटौला मार्फत प्रधानमन्त्री देउवालाई पत्र पठाएका हुन् । नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेलले नेता सिटौलालाई स्थानीयले हस्ताक्षर गरेको ज्ञापनपत्र बुझाउनु भयो ।

ज्ञापनपत्र बुझदै नेता सिटौलाले हात्ती आतंक नियन्त्रणमा सरकार गम्भीर रहेको बताउँदै तत्कालै प्रधामन्त्रीलाई ज्ञापनपत्र बुझाउने बताउँनु भयो । करिव ६ हजार ३ सय हेक्टर क्षेत्रमा फैलिएको जलथल जंगलको विस्तृत कार्य योजना तयार गरी जलथलदेखि भेलागडी, चाराआली हुँदै बाहुण्डागीसम्म जैविक मार्ग निर्माण गरी जलथल जंगल वरिपरि विद्युतीय तारवार सहितको विस्तारित योजना जिल्ला वन कार्यालय झापामा मार्फत यसअघि नै वन मन्त्रालयमा पेश भई सकेको छ ।

उक्त योजना तत्काल कार्यान्वयनमा ल्याउन बजेट विनियोजन गरी जंगली हात्ती आतक समस्याको समाधान गरिनुपर्ने स्थानीयवासीको माग रहेको छ । विगत केही बर्षदेखि झापाको भद्रपुर, विर्तामोड, हल्दिवारी, बाह्दशी र कचनकवल लगायत आसपासको क्षेत्रमा जंगली हात्तीको झुण्डले आंतक मच्चाउनुका साथै भौतिक तथा मानविय क्षति समेत पुर्याउँदै आएको छ । स्थानीयमा त्रास छाएसँगै नेपाली काग्रेसका क्षेत्रीय समिति, नगर तथा गाउँपालिका समितिमा आवद्ध कार्यकर्ता र हात्ती पीडित स्थानीयले हात्ती नियन्त्रणका लागि हस्तक्षार अभियान सुरु गरेको क्षेत्रीय सभापति गणेश पोखरेलले बताउँनु भयो ।

योजना कार्यान्वयन गराउन सरकारलाई दवाव स्वरुप हस्ताक्षर अभियान सुरु गरिएको उहाको भनाई छ । त्यस्तै हल्दिवारी गाउँपालिका निवासी हात्ती पिडित दिलीप मावोले जलथलको चारकोशे जगलमा बस्दै आएको हात्तीको झुण्डले स्थानीयमा त्रास छाएको बताउनु भयो । उहाले त्यहाको वनमा आधा दर्जन बढी हात्ती बस्दै आएको र समूह बनाएर स्थानीयको घर भत्काउने, अन्नबाली खाइदिने, नष्ट गरिदिने, मानिसलाई आक्रमण गर्ने जस्ता क्रियाकलाप बढदै गएको उनको भनाइ छ । हात्ती अतंकले गाउँबासी रातभर गस्ती गर्नुपर्ने बाध्यतामा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu