एजेन्सी – प्रायः युवतीहरुमा सेल्फी खिच्ने चाहना बढी हुने विभिन्न अध्ययनले देखाएका छन् ।
कोही-कोही त सेल्फीको लतमा नै पर्ने गरेका पनि छन् । यस्तै लतमा परेकी छिन्, रुसकी एक युवती ।
सेल्फीको लतमा परेकी रुसकी एक युवतीले यतिसम्म खतरा उठाएकी छिन् की, जुन हेर्दा मात्रै होइन सुन्दा समेत सातो जान्छ ।
उनले लिएका सेल्फीलाई संसारकै सबैभन्दा खतरनाक सेल्फी मानिएको छ ।
एन्जेला निकोलाउ नामकी यी युवतीले अहिलेसम्मकै सबैभन्दा जोखिमपूर्ण स्थानमा गएर सेल्फी वा तस्विर खिचेकै कारण उनी अहिले विश्वभर चर्चामा आएकी छिन् ।
एड्भेन्चरकी शौखिन यी युवती पेशाले फोटोग्राफर हुन् ।
एन्जेलाले अलग अलग भवनको छतको छेउमा गएर सेल्फी खिचेका ति तस्विरहरु हेर्दा नै आगं सिरिगं हुन्छ ।
उनले यी तस्वीर खिच्नलाई निकै जोखिम उठाएकी छिन् ।
किनकि सानो गल्तीले पनि उनको ज्यान जान सक्थ्यो ।
उनले एक-दुई नभइ दर्जनौँ सेल्फी वा तस्विर निकै जोखीम मोलेर खिचेको देख्दा जो कोहीले पनि उनलाई साहासी र ज्यानको बाजी लगाएर तस्विर खिच्न खप्पिस युवतीको संज्ञा दिएका छन् ।