जनकपुरधाम, २७ वैशाख । भोली शुक्रवार २ दिने नेपाल भ्रमणमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा दिइने नागरिक अभिनन्दन पत्रको भाषा नेपाली नै हुने भएको छ ।
भारतीय प्रधानमन्त्री शुक्रवार नेपालको राजकीय भ्रमणका क्रममा पटनाबाट सीधै जनकपुर आउने कार्यक्रम तय भएको छ । त्यहाँ उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।अभिनन्दन पत्र चार भाषामा हुने भन्ने खबर आएपछि सर्बत्र आलोचना भएको थियो ।
जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले अभिनन्दनपत्र नेपाली भाषामा नै हुने बताएका छन् । ‘ताम्रपत्र काठमाडौंबाटै नेपाली भाषामा बनेर आएको छ, दिने क्रममा हामी मैथिली भाषामा पढ्छौं,’ साहले भने । जनकपुरमा भारतीय प्रधानमन्त्री मोदीको स्वागतको तयारीका लागि ८० प्रतिशत काम पूरा भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्