काठमाडौं, २९ वैशाख । नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका पूर्वप्रधानमन्त्रीसँग सामूहिक भेटवार्ता गरेका छन्। शुक्रबार साँझ राजधानीको होटल द्वारिकाजमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूर्वप्रधानमन्त्रीहरू सँग भेट भएको हो।
मोदीसँगको भेटका लागि पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी द्वारिकाज होटल पुगेका थिए।
यसअघि नेपाल र भारतका प्रतिनिधि मण्डलसँग द्वीपक्षीय वार्ता भएको छ। द्वीपक्षीय वार्ताअघि प्रधानमन्त्री ओली र मोदीबीच एक्लाएक्लै वार्ता भएको थियो।
प्रतिक्रिया दिनुहोस्