काठमाडौं, २९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नै देशबाट ल्याइएको विशेष बुलेटप्रुफ गाडीमा सवार भई काठमाडौँका विभिन्न ठाउँमा यात्रा गरिरहेका छन्।
भारतीय वायु सेनाको कार्गो विमानबाट गएको मंगलबार दुई वटा गाडी काठमाडौँ ल्याइएको थियो। यी गाडीलाई नेपालमा चलाउन नम्बर प्लेट चाहिने भएकोले सरकारले विशेष नम्बर दिएको थियो।
भारतबाट ल्याइएका दुई गाडीमध्ये ल्यान्डरोभरलाई जनकपुर पठाइएको थियो। संघीय राजधानीबाट प्रदेश २ को राजधानीमा पठाइएको यो गाडीको नम्बर प्लेट बा १ झ २२२२ राखिएको थियो। अर्को बीएमडब्ल्यु कारलाई भने काठमाडौँमै राखिएको थियो। यसलाई नम्बर दिइएको थियो- बा १ झ ११११। बा १ झ ११११ र बा १ झ २२२२ दुवै गाडीमा एकापट्टी नेपालको र अर्को पट्टी भारतको झण्डा राखिएको थियो। बा १ झ ११११ लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र लगिएको थियो। मोदी विमानबाट झरेपछि उनलाई त्यहीँ राखिएको गाडीमा राखेर हायत होटल लगिएको थियो।
प्रतिक्रिया दिनुहोस्