काठमाडौं, २९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथ मन्दिर पुगेका छन् । मोदी मुक्तिनाथ बाट फर्किए लगतै ी पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा अर्चनाका लागि त्यहाँ पुगेका हुन् ।
मोदीलाई पशुपतिनाथ मन्दिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पशुपति विकास कोषका पदाधिकारीलगायतले स्वागत गरेका छन्। मोदीले केहीबेर पशुपतिनाथमा विशेष पूजा–अर्चना गर्नेछन् ।
२ दिने भ्रमणका लागि शुक्रबार नेपाल आइपुगेका मोदीलाई यसपछि काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन सगै मोदी आजै स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्