कास्की, २९ वैशाख । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी बाथरुममा लडेर गम्भीर घाइते भएका छन् । मनिपाल शिक्षण अस्पतालको आर्इसीयूमा राखेर उनको अहिले उपचार भइरहेको छ ।
दिउँसो ४ बजे बाथरुममा लडेर बेहोस भएका अधिकारीकोे टाउकोमा रगत जमेको अस्पतालले जानकारी दिएको छ।
‘टाउकोमा बाहिरी चोट देखिएको छैन तर, सिटिस्क्यान गर्दा रिपोर्टमा टाउकोमा रगत जमेको देखिएको छ उपचारको लागि काठमाडौँ लैजाने तयारी थालिएको छ’ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैन बहादुर क्षेत्रीले जानकारी दिए।
सभामुख बाथरुममै लडेपछि उनका सहयोगीले सिर्जनाचोकको मेट्रोसिटी हस्पितलमा पुर्याएका थिए ।
मेट्रोसिटीबाट थप उपचारका लागि हेलिकप्टोरबाट काठमाडौंको न्यूरो अस्पताल लैजान खोजिएको थियो । तर हेलिकोप्टरको तत्काल व्यवस्था नभएपछि सभामुख अधिकारीलाई मनिपाल पुर्याइएको हो ।
सभामुख अधिकारी होसमा रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ । उनलाई आज काठमाडौं लैजाने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्