काठमाडौं २९ वैशाख । ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाल विमानस्थलबाटै पक्राउ परेका छन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा मोदीविरोधी गतिविधि गर्न सक्ने आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी दक्षिण अफ्रिकाको भ्रमणबाट फर्कंदै गर्दा पक्राउ परेको प्रहरी उच्च स्रोत बताउँछ। सो अभियानका तीन जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो।
नेपालको समूहले भारतको हस्तक्षेपविरुद्ध दबाबमूलक कार्यक्रमहरु आयोजना गर्दै आएको छ। मोदी शुक्रबारदेखि नेपाल भ्रमणमा छन्। भ्रमणको विरोध गर्न सक्ने आशंका गरिएका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ।
प्रतिक्रिया दिनुहोस्