काठमाडौं, २९ वैशाख । जनकपुरमा प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले लगाएको पोसाक मिल्नुमा संयोग थियोे कि आकस्मिकता ? शुक्रबार दिनभर ओलीको पोसाकको आलोचना भयो ।
एमाले नेता राजन भट्टराईका अनुसार मोदीले लगाएको पोसाक ओलीले पठाइदिएका थिए । हातले बुनेका दुवै नेताका मैथिली पोसाक काठमाडौंमै सिलाइएका थिए ।
भारतीय दूतावासले मोदीको शरीरको नाप उपलब्ध गराएको थियो । यस्तो प्रचलन अन्त पनि छ । चीनका राष्ट्रपति सी जिनपिङले गुजरात जाँदा लगाएको पोसाक मोदीको उपहार थियो ।
प्रतिक्रिया दिनुहोस्