काठमाडौं, २९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौं महानगरपालिकाले आज नागरिक अभिनन्दन गर्दैछ। राष्ट्रियसभा गृहमा कार्यक्रम सुचारु भई सकेको छ । ।
तर, कार्यक्रम स्थलमा नेपाली पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ। सरकारी सञ्चार माध्यमबाहेक अरुलाई कार्यक्रम स्थलभित्र प्रवेश नदिइएको त्यहाँ उपस्थित पत्रकारहरुले जनाएका छन्।
कार्यक्रमको समाचार संकलनका लागि पास उपलब्ध गराइए पनि प्रवेश दिइएको छैन। यद्यपी भारतीय मिडियाका सबै पत्रकारले भने कार्यक्रम स्थलभित्र प्रवेश पाइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्