ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीलाई महानगरको कलात्मक साँचो हस्तान्तरण सहित अभिनन्दन(अभिनन्दनपत्रमा के लेखिएको छ? )


एबीसी न्यूज
२९ बैशाख २०७५, शनिबार   ३ : ४५   बजे
Nepal Live

काठमाडौं, २९ वैशाख । काठमाडौं महानगरपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गरेको छ। शनिबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा एक कार्यक्रम गरी महानगरपालिकाले मोदीलाई नागरिक अभिन्दन गरिएको हो। महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको कलात्मक साँचोको प्रतीक हस्तान्तरण गरेर अभिनन्दन गरेका हुन्।

अभिनन्दनमा महानगरपालिकाले मोदीको प्रशंसामा प्रशस्त शब्द खर्चिनुका साथै नेपाललाई पुर्‍याएको सहयोगको आभार व्यक्त गरेको छ।

‘प्राकृतिक रुपमा सुन्दर, शान्त, सौम्य, सुरक्षित, ऐतिहासिक र सांस्कृतिक महत्वको नगरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको सङ्घीय राजधानी काठमाडौं महानगरपालिकामा मित्रराष्ट्र    गणतन्त्र भारतका महामहिम प्रधमानमन्त्री श्री नरेन्द्र मोदीज्यूलाई हार्दिक स्वागत गर्न पाउँदा सम्पूर्ण नगरवासी गौरवान्वित भएका छौं’, अभिनन्दन पत्रमा भनिएको छ।

महानगरपालिकाले संविधान कार्यान्वयनबारे भारतीय प्रधानमन्त्रीलाई जानकारी पनि गराएको छ। ‘ऐतिहासिक संविधानसभाले २०७२ सालमा नेपालको संविधान जारी गरेपश्चात् स्थानीय तह, प्रदेश र संघीय निर्वाचन सम्पन्न भई संविधान पूर्ण रुपमा कार्यान्वयनमा आएको छ’, भनिएको छ, ‘संविधानले अङ्गीकार गरेको विविधता बीचको एकता तथा सामाजिक सांस्कृतिक ऐक्यबद्धताले नेपालीको स्वाभिमानलाई थप उचाइमा पुर्‍याएको छ।’

‘नेपालको संविधानले सबै प्रकारका भेदभावको अन्त्य गरी सुशासन, आर्थिक समृद्धि, समानता र सामाजिक न्याय सुनिश्चित गर्ने आधारशीला खडा गरिसकेको छ भने सङ्घीयता, लोकतन्त्र एवम् गणतन्त्र संस्थागत भइसकेको छ।’

अभिनन्दनमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई एक कुशल कार्यकारी नेतृत्व भएको भनी प्रशंसा गरिएको छ। ‘मित्रराष्ट्र भारतले एक कुशल, प्रबुद्ध र सुयोग्य कार्यकारी नेतृत्व पाएको हामीले महशुस गरेका छौं’, अभिनन्दनमा भनिएको छ, ‘महामहिमले छिमेक तथा अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउनु भएको विकासका कार्यक्रम सह्रानीय छन्।’

गुजरातमा आएको भुकम्प पछिको पुनर्निर्माणलाई अनुकरणीय भनिएको छ। ‘विनाशकारी भूकम्पबाट पाठ सिक्दै यहाँको सफल नेतृत्वमा गुजरातले गरेको विकास र समृद्धि हाम्रा लागि अनुकरणीय छ। वि स २०७२ सालमा गएको विनाशकारी भूकम्प पश्चात् भारत सरकार र भारतीय जनताले उपलब्ध गराएको सहयोगप्रति हामी आभारी छौं’, अभिनन्दनमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group