प्युठान, ३० वैशाख। प्युठानको पटडाँडा नजिकै पाखुरी खोलामा यात्रुवहाक बस पल्टिँदा ५ जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् । घाइते मध्य ५ जनाको बुटवलमा र अरुको प्युठान अस्पताल तथा अरु पायक पर्ने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ना ४ ख १८७६ नम्बरको बस प्युठानको पटडाँडा नजिकै पाखुरी खोलामा खसेको प्रहरीले जनाएको छ । राती २ बजेर ५० मिनेटतिर बस दुर्घटनामा परेको प्रहरीको प्रहरीले जानकारी दिएको छ । बसको हेडलाइट बिग्रँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३ महिला र २ पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
२१ जनाभन्दा बढी घाइते भएको बताइए पनि घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्