ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दीपको डेब्यू खेलमा उत्कृष्ट प्रदर्शन तर दिल्ली बेंग्लोरसँग ५ विकेटले पराजित


एबीसी न्यूज
३० बैशाख २०७५, आइतबार   ७ : ५३   बजे

वैशाख ३० – नेपाली युवा बलर सन्दीप लामिछानेले शनिबार आईपीएलीमा डेब्यू गरे । प्लेअफमा पुग्ने सम्भावना सकिएको दिल्लीले दुई जना युवा खेलाडीलाई पहिलो पटक आईपीएल टिममा समावेश गर्दा दुवैले उत्कृष्ट प्रदर्शन गरे । बलिङ तर्फ १७ वर्षीय सन्दीप लामिछानेले किफायती बलिङ गरे भने ब्याटिङतर्फ डेब्यू गरेका भारतको यू–१९ टिमका अविषेक शर्माले पनि आक्रामक ब्याटिङ गरे । तर दिल्ली बेंग्लोरसँग ५ विकेटले पराजित भयो ।

बेंग्लोरविरुद्ध १८१ रनको योगफल रक्षा गर्ने क्रममा ओपनिङ बलिङ गरेका सन्दीपले चार ओभर बलिङ गर्दै ६.२५ को औसतमा २५ रन खर्चिएर १ विकेट पनि लिए । यो खेलमा सन्दीप सबैभन्दा किफायती बलर समेत बने । सन्दीपले आफ्नो दोस्रो ओभरमा पार्थीव पटेललाई एलबीडब्ल्युको धरापमा पारे ।

पहिलो ओभरमा सन्दीपले तीन वटा डट बल फाल्दै ६ रन दिएका थिए । टिमको तेस्रो र आफ्नो दोस्रो ओभरमा सन्दीपले चौथो बलमा पार्थीव पटेललाई एलबीडब्ल्युको धरापमा पारे । उनले दोस्रो ओभरमा ५ रनमात्र दिए ।

बलिङतर्फ ट्रेन्ट बोल्टले २ विकेट लिए भने हर्सल पटेल र अमित मिश्राले पनि १–१ विकेट लिए ।

१८२ रनको बैंग्लोरले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । बेंग्लोरका लागि कप्तान विराट कोहली र एबी डि भिलियर्सले उत्कृष्ट ब्याटिङ गरे । डि भिलियर्सले ३७ बलमा ६ छक्का र चार चौका प्रहार गर्दै ७२ रन बनाए भने कोहलीले ४० बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७० रन जोडे ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । १६ रन हुँदा दुई विकेट गुमाएको दिल्लीका लागि रिसव पन्त र कप्तान श्रेयस ऐरले ९७ रनको बलियो साझेदारी गरे । पन्तले ३४ बलमा ६१ रन बनाए भने ऐयरले ब्यक्तिगत ३२ रन जोडे ।

दिल्लीबाट आईपीएल डेब्यू गरेका अर्का खेलाडी अविषेक शर्माले १९ बलमा ४६ रनको उत्कृष्ट इनिङ खेले । बलिङतर्फ युज्वेन्दर चाहलले २ विकेट लिए । जितसँगै बेंग्लोरले प्लेअफमा पुग्ने सम्भावना जिवितै राखेको छ । बेंग्लाेरले ११ खेलबाट ८ अंक जोडेको छ । दिल्लीको प्लेअफ पुग्ने सम्भावना सकिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध

विशेष कारणले राष्ट्रिय सभा बैठक स्थगित, साउन २७ गते बस्ने

सम्बन्धित

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu