प्युठान ३० वैशाख । कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानको खलंगाका लागि छुटेको बस दुर्घटना परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
ना ४ ख १८७६ नं. को रात्री बस भालुवाङ–प्यूठान सडकखण्ड अन्तर्गत प्यूठानको सरुमारानी गाउँपालिका वडा नं.४ स्थित पाकुरी भन्ने स्थानमा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
बस काटेर शव निकालिएको छ । दुर्घटनाका बारेमा अाइतबार बिहान ३ बजे जानकारी अाएपछि जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलको कमाण्डमा ४० जनाको टोली घटनास्थलमा खटिएको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा चालक कैलालिका बिर बहादुर थारु ,कर्णाली चिसापानीकि सरिता चन्द र प्यूठान गौमुखी १ अर्खा निवासी १७ बर्षिया हिरा टोमटा रहेको खुलेको छ । २ जना मृतककाे सनाखत वाकि छ ।
गम्भीर घाइते ४ जनालाई उद्दार गरी बुटवल र अन्य २१ जना घाइतेलाई जिल्ला अस्पताल बिजुवार प्यूठानमा उपचारको लागि पठाईएको छ । सडकमा पानी रहेको र चिप्लो भएका कारण बस दुर्घटनमा परेको अनुमान गरिएको छ ।
घाइतेकाे नामावली
शशिराम जैसी
भावना जैसी
प्रकाश दाहाल
शिवबहादुर बिक
सपना बिक
ताराबहादुर बिक
थमजित बिक
जगदिश
इश्वर खड्का
प्रकाश साउद
शेरबहादुर बिक
सपना बिक
सुस्मा चौधरी
हेम केसी
सुशील राना मगर
राजेन्द्र प्रसाद तिमिल्सिना
तकमान खड्का
विजु बिक
गोमा गिरी
वसन्त अधिकारी
प्रतिक्रिया दिनुहोस्