प्युठान ३० वैशाख । भलुबाङ–प्यूठान सडक अन्तरगत प्यूठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक भएकाे बस दुर्घटनाका मृतक पाँच मध्ये ३ जनाको सनाखत भएकाे छ । मृत्यु हुनेमा बस चालक कञ्चनपुर महेन्द्रनगरका २६ वर्षीय बिरु चौधरी, प्यूठान गौमुखी गाउँपालिका–१ अर्खाकी १६ वर्षीय हीरा टमाटा, प्यूठानकी २६ वर्षीय सरिता शर्माको सनाखत भएको प्रहरीले जनाएको छ।
एक जनाको शव बसले च्यापिएको अवस्थमा रहेकाले निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले बताए।
महेन्द्रनगरबाट प्यूठानतर्फ आइरहेको माहाकाली यातायातको ना ४ ख ८१७६ नम्बरको बस आइतबार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो।
बसमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको अझै सनाखत हुनसकेको छैन। गम्भिर घाइते पाँच जनालाई बुटवल र २ जनालाई नेपालगञ्ज उपचारको लागि पठाइएको छ।
१८ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी पोख्रेलले बताए। स्थानीय, प्रहरी, सशस्त्र प्रहरी बलको टोली पुगेर उद्धार गरेको थियो। बस सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियाे।
घाईते हुनेहरुमा मल्लरानी गाँऊपालिका–३ का तिर्थराज पोख्रेल (३८), गुल्मी अग्लुङ तारा विष्ट (४५), दैलेख दुल्लु नगरपालिका–११ का हिमा बोहोरा (२५), जगदिस खत्री (२५), रिगल खात्री (२), प्यूठान नगरपालिका–३ साढेखाला इश्वर खड्का (२६), महेन्द्रनगर कंचनपुर बेदकोट नगरपालिका–६ का सुनिल रानामगर (२३), मल्लरानी गाँऊपालिका चुँजाठाटीका सुश्मा चौधरी (२०), बैतडी पुचौडि नगरपालिका–६ प्रकाश सावत, चितवन चित्रवन नगरपालिका–१७ का राजेन्द्र प्रसाद तिमलसिना (७३), रोल्पा सुवर्णावती गाँउपालिका–२ का शेरबहादुर वि.क. (४४), सपना वि.क. (१६), गौमुखी गाँऊपालिका–४ का थमजीत वि.क. (१५), कैलाली गौरीगंगा नगरपालिका–३ का राजेश चौधरी (२२), झिमरुक गाँऊपालिका–३ का प्रेम केसी (२१), प्यूठान नगरपालिका–१० दहखोला का गोमा गिरी (४९) रहेका छन् । उनीहरुके जिल्ला अस्पताल विजुवारमा उपचार भैरहेको छ । माण्डवी गाँऊपालिका–१ का बसन्त शर्मा (३८), रोल्पा सुवर्णावती गाँउपालिका–२ का हरि सुनार (२५, दैलेख दुल्लु नगरपालिका–११ का सफल अर्याल (७), रुपन्देही कन्चन गाँऊपालिका–३ का गोविन्द अर्याल (३५), हिमला पोख्रेल (२९) लाई थप उपचारका लागि रिफर गरिएको छ
प्रतिक्रिया दिनुहोस्