ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्यूठान बस दुर्घटना : ३ जनाको सनाखत (अपडेट) ( घाईतेहरुको नामसहित )


एबीसी न्यूज
३० बैशाख २०७५, आइतबार   ११ : १७   बजे

प्युठान ३० वैशाख ।  भलुबाङ–प्यूठान सडक अन्तरगत प्यूठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक भएकाे बस दुर्घटनाका मृतक पाँच मध्ये ३ जनाको सनाखत भएकाे छ ।  मृत्यु हुनेमा बस चालक कञ्चनपुर महेन्द्रनगरका २६ वर्षीय बिरु चौधरी, प्यूठान गौमुखी गाउँपालिका–१ अर्खाकी १६ वर्षीय हीरा टमाटा, प्यूठानकी २६ वर्षीय सरिता शर्माको सनाखत भएको प्रहरीले जनाएको छ।

एक जनाको शव बसले च्यापिएको अवस्थमा रहेकाले निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले बताए।
महेन्द्रनगरबाट प्यूठानतर्फ आइरहेको माहाकाली यातायातको ना ४ ख ८१७६ नम्बरको बस आइतबार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो।
बसमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको अझै सनाखत हुनसकेको छैन। गम्भिर घाइते पाँच जनालाई बुटवल र २ जनालाई नेपालगञ्ज उपचारको लागि पठाइएको छ।
१८ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी पोख्रेलले बताए। स्थानीय, प्रहरी, सशस्त्र प्रहरी बलको टोली पुगेर उद्धार गरेको थियो। बस सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियाे।
घाईते हुनेहरुमा मल्लरानी गाँऊपालिका–३ का तिर्थराज पोख्रेल (३८), गुल्मी अग्लुङ तारा विष्ट (४५), दैलेख दुल्लु नगरपालिका–११ का हिमा बोहोरा (२५), जगदिस खत्री (२५), रिगल खात्री (२), प्यूठान नगरपालिका–३ साढेखाला इश्वर खड्का (२६), महेन्द्रनगर कंचनपुर बेदकोट नगरपालिका–६ का सुनिल रानामगर (२३), मल्लरानी गाँऊपालिका चुँजाठाटीका सुश्मा चौधरी (२०), बैतडी पुचौडि नगरपालिका–६ प्रकाश सावत, चितवन चित्रवन नगरपालिका–१७ का राजेन्द्र प्रसाद तिमलसिना (७३), रोल्पा सुवर्णावती गाँउपालिका–२ का शेरबहादुर वि.क. (४४), सपना वि.क. (१६), गौमुखी गाँऊपालिका–४ का थमजीत वि.क. (१५), कैलाली गौरीगंगा नगरपालिका–३ का राजेश चौधरी (२२), झिमरुक गाँऊपालिका–३ का प्रेम केसी (२१), प्यूठान नगरपालिका–१० दहखोला का गोमा गिरी (४९) रहेका छन् । उनीहरुके जिल्ला अस्पताल विजुवारमा उपचार भैरहेको छ । माण्डवी गाँऊपालिका–१ का बसन्त शर्मा (३८), रोल्पा सुवर्णावती गाँउपालिका–२ का हरि सुनार (२५, दैलेख दुल्लु नगरपालिका–११ का सफल अर्याल (७), रुपन्देही कन्चन गाँऊपालिका–३ का गोविन्द अर्याल (३५), हिमला पोख्रेल (२९) लाई थप उपचारका लागि रिफर गरिएको छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group