काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा भएका गतिविधिको बारेमा संसदलाई जानकारी गराउनुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा जनकपुरमा केही कुटनीतिक मयार्दा र मामलको कसीमा कमजोर भएको प्रधानमन्त्री ओलीले संसद समक्ष स्विकार गर्नुभयो । पराराष्ट्र सम्बन्ध सञ्चालनमा त्यस्ता नीति नभएको भएपनि केही कमजोरीहरु भएको ओलीले संसदमा स्पष्ट पार्नुभयो ।
पुराना सोचभन्दा पृथक भएर वैदेशिक सम्बन्ध स्वतन्त्र रुपमा सञ्चालन गर्ने, भौगोलिक अखण्डतालाई सम्मान गर्ने बारेमा भारतको स्पष्ट धारणा आएको उहाँको भनाइ छ ।
केहीका विषयहरु अन्यौलका देखिएका भएपनि विगतमा गरिएका सहमति र सम्झौताहरु कार्यान्वयनमा ढिलाई भएकोमा सेप्टेम्बर भित्र अर्थात संविधान दिवसभन्दा अगाडि सबै पुरा हुने सहमति भएको ओलीको जानकारी दिनुभयो । संविधान दिवसलाई कार्यान्वयनको आधार दिवस मानेर पुरा गर्ने सहमति भएको उहाँको भनाइ छ ।
कृषि मन्त्रीस्तरको तहमा बैठक बसेर दुवै देशको सहयोग र सहकार्य अगाडि बढाउने विषय तय भएको भन्दै ओलीले आवश्यकताको कार्ययोजना तयार पार्र्ने मन्त्रिस्तरको बैठकबाट सहमति गर्ने भएको छ । रक्सौल रेलवे निर्माणको लागि प्राविधिक टोली तयार पारेर सहमति पत्रमा हस्ताक्षर गर्ने र कार्यदलले तत्काल सर्वेक्षण सुरु गर्ने बताउनुभयो । जलमार्ग सञ्चालन गर्ने सन्दर्भमा संयुक्त कार्यदल बनाएर सर्वेक्षय सुरु गर्ने सहमति भएको छ ।
व्यापर सन्धीको चिया अलैची जुट लगायतको कृषि निकासीमा देखिएका समस्या समाधान गरिने बताउनुभयो । नेपालमा हवाइजहाज प्रवेशका लागि थप ४ रुट दिनको लागि प्राविधिक पक्ष्ँको अध्ययन गर्न २२ सेप्टेम्बरसम्म शर्त राखेको छ ।
ढुवानको समस्या समाधान सिमामा बाँध बाध्ने सडक निर्माण गर्ने अनुभूती काम भएका रोक्ने विषया सहमति भएको छ । दुवै देश तत्पर भएर छिटै पहिचान गरि काम सुरु हुने सहमति भएको ओलीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्