ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिभरपुल अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनौट


एबीसी न्यूज
३१ बैशाख २०७५, सोमबार   ८ : ००   बजे

काठमाडौं ,  ३१वैशाख ।  लिभरपुल, अर्को सिजनको च्याम्पियन्स लिगका लागी छनौट भएको छ । ईङ्लिश प्रिमियर लिग फुटबलको अन्तिम खेलमा गएराती ब्राईटन एण्ड होभ एल्बियनलाई ४–० गोल अन्तरले हराउँदै लिभरपुल तालिकाको चौथो स्थानमा रहदै च्याम्पियन्स लिगका लागी छनोट भएको हो ।

२१ जित १२ बराबरी र ५ हारसँगै लिभरपुल ७५ अंकका साथ चौथो स्थानमा रहदै च्याम्पियन्स लिगका लागी छनोट भएको हो । अर्को खेलमा साउथ हेम्प्टनलाई १–० ले हराउँदै लिग च्याम्पियन म्यानचेष्टर सिटीले तालिकामा ३ अंक थप्दै इतिहासमै १ सय अंकको कोसेढुङ्गा भेटेको छ । ग्राबियल जिससले अतिरिक्त मिनेटमा गरेको गोल उसलाई जिताउन निर्णायक बन्यो ।

च्याम्पियन्स लिगमा स्थान बनाउन संर्घषरत चेल्सी भने न्यु क्यासल युनाईटेडसँग ३–० ले पराजित भयो । आर्सनलले हडर्सफिल्ड टाउनलाई १–० ले हराउदा लेष्टर सिटि टटनह्यामसँग ५–४ गोल अन्तरले स्तब्ध भयो । गएरातीका अन्य खेलहरुमा बर्नमाउथले बर्नलीलाई २–१ ले हराउँदा क्रिष्टल प्यालेसले वेष्ट ब्रोमलाई २–० ले पराजित गर्यो ।

म्यानचेष्टर युनाईटेडले वाटफोर्टलाई १–० ले तथा स्टोक सिटीले स्वान्सीलाई २–१ गोल अन्तरले हराउँदै सिजनको अन्त्य गरेका छन् । वेष्टह्यामले एभर्टनलाई ३–१ ले स्तब्ध पार्यो ।  यो सिजन १ सय अंकसहित म्यानचेष्टर सिटीले उपाधि जित्दा म्यानचेष्टर युनाईटेड, टटनह्याम र लिभरपुलले च्याम्पियन्स लिगमा स्थान बनाएका छन् । स्वान्सी, स्टोक सिटि र बेष्ट ब्रोम भने यो सिजन रेलिगेशनमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध

विशेष कारणले राष्ट्रिय सभा बैठक स्थगित, साउन २७ गते बस्ने

सम्बन्धित

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu