ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भत्तामा स्थानीय तहको मनपरी


admin
६ जेष्ठ २०७५, आइतबार   ५ : २८   बजे

डडेल्धुरा, ६ जेठ । स्थानीय तहहरुबाट दिइने भत्ताको दर फरक छ । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको यस जिल्लाका नगरपालिका र गाउँपलिकाका योजना निर्माणका काम सिँचाइ, खानेपानी, सडक , विद्यालयका भवन, स्वास्थ्य चौकीका भवन, पुलपुलेसा लगायतका विकासे निमार्णका योजना अनुगमन गरेबापत जनप्रतिनिधिले पाउनुपर्ने भत्तामा विविधता पाइएको हो ।

असार महिना शुरु हुनुपूर्व एक महिना मात्रै बाँकी रहँदा विकासको चटारो बढेको र विकास निर्माणका कार्य सम्पन्न भएसँगै भइरहेका कार्य तथा सम्पन्न विकास निर्माण योजनाको अनुगमन गरेबापत दिनुपर्ने दैनिक भ्रमण भत्ताको दर पनि स्थानीय तहले आआफ्नै किसिमले तोकेका छन् ।

अजयमेरु गाउँपालिकाले अनुगमन बैठक भत्ताबापत दैनिक रु एकहजार ६००दिने गरेको अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिनुभयो । अनुगमन प्रतिवेदन बुझाएपछि मात्र रकम भुक्तानी गरिने समेत उहाँले जानकारी दिनुभयो ।

भागेश्वर गाउँपालिकाले भने निर्माणाधीन योजना र निर्माण सम्पन्न योजनाको अनुगमन गरेबापत दैनिक रू एक हजार दिने गरेको जनाएको छ । तेह्र प्रतिशत कर कटाएर अनुगमन भत्ता दिने गरेको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिलाकुमारी भट्टले बताउनुभयो । आलिताल गाउँपालिकाले अनुगमनकर्ताले बास बस्नु पर्ने अवस्था आएमात्र खाना र बासका लागि रु ७०० अनुगमन भत्ता दिने गरेको अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिनुभयो ।

गन्यापधुरा गाउँपालिकाले पनि अनुगमनबापत रु ८५० दिने गरेको उक्त गाउँपालिकाका अध्यक्ष नवल मल्लले बताउनुभयोे । गाउँपालिकाका उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको र सोही अनुसार दैनिक दुईदेखि तीनवटा योजनाको अनुगमन गरिने जनाइएको छ ।
अमरगढी नगरपालिकाले अनुगमन बैठक भत्ताबापत रु एक हजार ५०० मा १५ प्रतिशत रकम कर काटी रु एक हजार २५० प्रदान गर्ने गरेको नगरपालिकाका प्र्रमुख विश्वेश्वरप्रसाद ओझाले बताउनुभयो । पाँच लाखभन्दा तलका योजनाको वडाध्यक्षले नै अनुगमन गर्ने भएकाले त्यसमा रकम दिनु नपर्ने भएको छ तर पाँच लाखभन्दा माथिको योजना अनुगमन गरेमा बैठक भत्ता दिने गरेको अमरगढी नगरपालिकाले जनाएको छ ।

परशुराम नगरपालिकामा नगर भित्रका योजनाको अनुगमन गर्दा एक हजार ५०० का दरले अनुगमन भत्ता दिँदै आएको त्यहाँका प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले जानकारी दिनुभयो ।

परशुराम नगरपालिकाको प्रमुख भीमबहादुर साउदले भने कुनै पनि किसमको योजना अनुगमन बैठक भत्ता नलिएको जनाउनुभयो । भत्ताका लागि नभई विकास निर्माण र जनताको सेवा गर्नका लागि जनप्रतिनिधि भएको उहाँले बताउनुभयो । कुनै कार्यक्रमबापत आएको रकम पनि नगर भित्रका गरीब, असहाय, ज्येष्ठ नागरिक तथा अपांगलाई सहयोग दिने गरेको प्रमुख साउदको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group