कोलकता– रसिद खानको उत्कृष्ट प्रदर्शनमा साइराइजर्स हैदरावाद आइपिएल क्रिकेटको फाइनल प्रवेश गरेको छ। हैदरावादले शुक्रबार भएको दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १३ रनले हराउँदै उपाधि नजिक पुगेको हो।
अब उपाधिका लागि आइतबार मुम्बइको वाङखाडे रंगशालामा हैदरावाद र चेन्नई सुपरकिंग्सबीच प्रतिस्पर्धा हुनेछ। यसअघि पहिलो क्वालिफायरमा पनि हैदरावाद र चेन्नईबीच खेल भएको थियो। खेलमा चेन्नई विजयी हुँदै फाइनल पुग्दा हैदरावाद दोस्रो क्वालिफायरमा धकेलिएको थियो। समूह चरणमा खेलिएका दुवै खेलमा पनि चेन्नईले हैदरावादलाई हराएको थियो।
शुक्रबार हैदरावादले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६१ रन मात्र जोड्न सक्यो। उसका लागि क्रिस लियोनले सर्वाधिक ४५ रन जोडे। दोस्रो विकेट गुमाउँदा ८७ रन जोडेको कोलकाताले मिडल ओभरमा राम्रो ब्याटिङ गर्न सकेन। कोलकताको इनिङ कमजोर पार्न हैदरावादका रसिद खानले ३ विकेट लिए। उनले ४ ओरभमा १९ रन मात्र खर्चे। यस्तै कोर्लोस बाथवेट र सिद्धान्त कौलले २-२ विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रन जोड्यो। उसका लागि ऋद्धिमान साहले ३५ रन र शिखर धनवले ३४ रन जोडे। मध्यक्रमका ब्याट्सम्यानले उल्लेख्य ब्याट्सम्यानले उल्लेख्य रन जोडन नसकेपनि रसिद खानले १० बलमा नटआउट ३४ रन जोडे। उनी नै खेलको म्यान अफ दि म्याच भए। बलिङमा कोलकाता कुलदीप यादवले २ विकेट लिए।
प्रतिक्रिया दिनुहोस्