ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिलबहादुर रम्तेलको स्मृतिमा राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिता


एबीसी न्यूज
१४ जेष्ठ २०७५, सोमबार   ११ : ३९   बजे

गोरखा, १४ जेठ । बारपाक सुलिकोट गाउँपालिका वार्ड नं ७ देउरालीमा आइतवार देखी जनयुद्धको प्रथम शहीद दिल बहादुर रम्तेलको स्मृतिमा शहीद दिल बहादुर रम्तेल स्मृति कप राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिता र दौड प्रतियोगिता शुरु भएको छ ।

जातीय साँस्कृतिक झाँकि प्रदर्शनी सहितको शुरु भएको प्रतियोगिताको पूर्व खेलकूद मन्त्री दलजित श्रिपाइलीले समुद्घाटन गर्नुभएको छ । कार्यक्रममा पूर्व माननीय सभासद कृष्ण धिताल, दलित बिकास समीतिका कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, बारपाक सुलिकोट गाउॅ पालीका अध्यक्ष बिष्नु भट्ट युवा नेता धिरज ऊपरकोटी, जनवादी गायक झाँकर बुढा, लोक गायक सागर गुरुङलगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवी तथा खेलकूद प्रेमीहरूको उपस्थिति रहेको थियो ।

प्रथम पुरस्कार १ लाख, दोस्रो पुरस्कार ६०००० र तेस्रो पुरस्कार ३०००० र विभिन्न ट्रफी सहित रहेको प्रतियोगितामा राष्ट्रिय भलिबल खेलाडीहरूसहित १३ टिमको सहभागिता रहेको छ ।

जनयुद्धको बलमा जनआन्दोलन हुँदै गणतन्त्र प्राप्ति गर्नमा शहीद दिलबहादुर रम्तेल जस्ता होनाहर योद्धाहरूको बलिदानबाट मात्र सम्भव भएकोले शहीदहरूको स्मृतिमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता शुरु गरिएको गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले बताउनुभयो ।

भोलि मंगलवार १५ गते गणतन्त्र दिवसको दिनसम्म संचालन हुने प्रतियोगितामा करिब १५ लाख खर्च हुने प्रतियोगिताको संयोजक एवं ७ नं वार्डका वार्ड अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।


श्री शैलपुत्री माध्यमिक बिद्यालयको प्राङ्गण देउरालीमा भएको उद्घाटन समारोह अघि खेलाडी, विद्यार्थी लगायत स्थानीय जातिहरूको साँस्कृतिक झाँकिसहितको –यालीले कार्यक्रमलाई रौनकता थपेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group