जेठ १५ – च्याम्पियन्स लिगको उपविजेता बनेको लिभरपुलले ब्राजिलका मिडफिल्डर फाबिन्होलाई भित्र्याउने भएको छ ।
मोनाकोबाट खेलिरहेका २४ वर्षीय फाबिन्हो ३ करोड ९० लाख पाउण्ड पारिश्रमिक पाउनेगरि लिभरपुलमा अनुबन्ध भएको बीबीसीले जनाएको छ । जुलाई १ तारिखदेखि लिभपुरलमा जाने फाबिन्होले थप ५ लाख पाउण्ड पारिश्रमिक भने प्रदर्शनका आधारमा पाउनसक्ने गरि अनुबन्ध गरिएको हो ।
फाबिन्होको अनुबन्धले लिभरपुललाई इम्रे क्यानको स्थान लिने अपेक्षा गरिएको छ । लिभरपुल महारथी क्लब भएको भन्दै कोटिन्होले लिभरपुलबाट खेल्न आफूले पहिलेदेखि चाहेको र यसले आफूलाई धेरै उत्साही बनाएको प्रतिक्रिया दिएका छन् । बीबीसी
प्रतिक्रिया दिनुहोस्