ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षामा करिब १ खर्ब रकम बिनियोजन


एबीसी न्यूज
१६ जेष्ठ २०७५, बुधबार   ८ : ५२   बजे

काठमाडैं, १६ जेठ । सरकारले आव २०७५।०७६ मा सुरक्षा क्षेत्रका लागि १ खर्ब रूपैयाँ विनियोजन गरेको छ।
शान्ति सुरक्षालाई चुस्त र दुरूस्त पार्न सरकाले सुरक्षा निकायलाई आधुनिकिकरण र विकासका निम्ति ९९ अर्ब ४२ करोड २६ लाख रुपैयाँ विनियोजन गरेको हो।
अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको शान्ति सुरक्षा र रक्षामा छुट्टाएको बजेट आगामी आवका लागि विनियोजित कुल बजेटको ७.५६ प्रतिशत हो।
नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान बिभाग गरी करिब २ लाख भन्दा बढी सुरक्षाकर्मी कार्यरत सुरक्षा संगठनको चालू र पूँजिगत शीर्षकमा गतवर्ष सरकारले १ खर्ब १७ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो।

गत वर्ष सार्वजनिक चालू आवको कूल बजेट १२ खर्ब ७८ अर्ब ९९ करोड रूपैयाँ रहेकोमा गृह र रक्षा मन्त्रालयका लागि विनियोजित बजेटको हिस्सा करिब ८ प्रतिशत थियो।

चालू आवका लागि चुनाव र सेनाको हेलिकप्टर खरिद बाहेक विनियोजित रकम मध्ये सैनिक सुरक्षामा ४४ अर्ब ९५ करोड ५९ लाख २० हजार र सार्वजनिक शान्ति सुरक्षातर्फ ५० अर्ब ६२ करोड ८९ लाख ५० हजार रूपैयाँ विनियोजन गरिएको थियो।

२०६७ सालबाट थालिएको नेपाली सेनाको ‘बंकरबाट ब्यारेक’ कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिइएको छ।

२०६७ देखि २०७२ सम्म ५ वर्षसम्म १ अर्ब रुपैयाँका दरले सेनाको बंकर विस्थापन गरी सुरक्षित आवास निर्माणमा बजेट बिनियोजन गरेकोमा त्यसपछिको ४ वर्षमा ५० देखि ७० करोड रूपैयाँसम्म सेनाको ब्यारेक निर्माणमा खर्च हुने गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१४ बुँदे सहमतिपछि लघुवित्त ऋणीको धर्ना अन्त्य, ३२३ जना घर फर्किए

प्रधानमन्त्रीको अधिनायकवादी कार्यशैली रोक्न राष्ट्रपतिसँग संवाद गरिने : शंकर पोखरेल

सम्बन्धित

कांग्रेसको संकटमा शेखरको परीक्षा : विभाजनको रेखा मेटाउने कि नयाँ इतिहास लेख्ने ?

२५ प्रतिशतसम्म ‘विकास कर’को प्रस्तावले तरंग : सडक विस्तारको नाममा नागरिकको सम्पत्तिमाथि नयाँ बोझ?

शौचालय जाने क्रममा माइक्रोबसको ठक्करबाट आमाछोरीको मृत्यु

छोराको हत्या भएको खबरपछि दाङमा आमाको मृत्यु

सुनको भाउ फेरि बढ्यो, तोलाको ३ लाख १९ हजार ५ सय

कालीमाटीमा आज अधिकांश तरकारीको भाउ स्थिर, केहीमा सामान्य घटबढ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu