ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटमाथि मिश्रित प्रतिक्रिया, कस्ले के भने ?


एबीसी न्यूज
१६ जेष्ठ २०७५, बुधबार   ९ : १६   बजे


काठमाडौं, १६ जेठ । सरकारले मंगलबार संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/ ७६ को बजेटबारे मिश्रित प्रतिक्रिया आएको छ। सरकारद्वारा प्रस्तुत बजेट देशको आवश्यकता अनुरूप आएको प्रधानमन्त्री केपी ओलीले बताए।

Image result for kp oli उनले सरकारले प्रस्तुत गरेको बजेटमा देश बनाउने सपना, संकल्प, योजना र कार्यक्रम रहेको दाबी समेत गरे।

 

 

Image result for नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यान्यन हुन नसक्ने बजेट भनेपछि त्यसको

प्रतिक्रियामा उनले ‘हेर्दै जाउँ न के भो र’ भन्ने प्रतिक्रिया व्यक्त गरेका थिए। शेरबहादुर देउवाले छोटो प्रतिक्रिया दिँदै यो बजेट कार्यान्वयन हुन नसक्ने भएको जिकिर गरे। उनले सरकारले बढाएको करको दायराबारे भने, ‘करको दायराको बोझ बढाएर उत्पादकत्व बढ्छ भन्नु बेकारको कुरा हो।’

 

 

Image result for baburamपूर्वअर्थमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बजेटले गुणात्मक फड्को मार्न नसकेको बताए। उनले बजेटबाट आफू अलिकति निराश भएको बताएका छन्। वर्तमान सरकारको बहुमत प्राप्त गरेर नयाँ काम गर्न अवसर विकास र समृद्धिको आधार वर्ष रहेका कारण बजेटले गुणात्मक फड्को मार्छ भन्ने परिकल्पना रहेको उल्लेख गर्दै उनले सारमा यो बजेट पनि पुरानै बजेटको निरन्तरता रहेको बताएका छन्।

उनले भने, ‘अब ठूला पूर्वाधारमा लगानी गर्नुपर्छ शिक्षामा लगानी गर्नुपर्नेमा कुनै पनि प्रकारका आशा जनक कार्यक्रम आएनन्। यो सपना सुरु मै तुहियो। उहाँहरूले यो अवसर गुमाउनुभयो। म दुःखी छु। बाह्य लगानी र स्वदेशि परिचालन गर्नुपर्दछ। संस्थागत परिवर्तन आउन सकेको छैन।’ उनले बजेट सुन्दै जाँदा ‘माछो माछो भ्यागुतो’ जस्तो भएको समेत ट्विटमा प्रतिक्रिया दिएका छन्।

Image result for सुरेन्द्र पाण्डे    पूर्व अर्थमन्त्री तथा नेकपाका नेता सुरेन्द्र पाण्डेले पनि बजेटबारे पूर्ण रूपमा सकारात्मक प्रतिक्रिया जनाएका छैनन्। बजेटबारे प्रतिक्रिया दिँदै उनले भने, ‘आठ प्रतिशत आर्थिक वृद्धिदरको परिकल्पना यो बजेटले गरेको छ तर कुनै पनि एउटा कार्यक्रममा केन्द्रित हुन सकेको छैन। पूँजीगत खर्च ३३ प्रतिशत बढी साधारण खर्च  छ। पुँजी उत्पादन कसरी र रोजगारी उत्पादन गर्ने कुरा यो बजेटले नीजि क्षेत्रलाई नै जिम्मा लगाएको देखिन्छ।’

 

Image result for अर्थमन्त्री रामशरणपूर्व अर्थमन्त्री रामशरण महतले नेपालको बजेट इतिहासमा सबैभन्दा खर्चको सबैभन्दा ठूलो हिस्सा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि छुट्टाइएको भन्दै ट्विट गरेका छन्। उनले भनेका छन्, ‘नेपालको बजेट इतिहासमा खर्चको सबैभन्दा ठूलो हिस्सा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा १ खर्ब ५६ अर्ब २८ करोड (बजेटको १२ प्रतिशत)।’

 

Image result for लक्ष्मणलाल कर्णलेराष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य लक्ष्मणलाल कर्णले बजेटले प्रदेशलाई बलियो बनाउन नसक्ने प्रतिक्रिया दिए। उनले भने, ‘संघीय बजेट भएन। मौलिकता भएन । प्रदेशले भ्याट उठाउने खालको हुनुपर्दथ्यो।’

 

 

नेपाली काँग्रेसका युवा नेता गगन थापाले बहुमतको सरकारले तरंग ल्याउने गरि बजेट ल्याउला भन्ने सोचेपनि बजेटमा नयाँपन केही नदेखिएको प्रतिक्रिया दिएका छन्।

अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेट संसदमा प्रस्तुत गरेपछि प्रतिक्रिया दिदै थापाले बहुमतको सरकारले जोखिम उठाएर पनि नयाँपन ल्याउने सोचेको तर बजेटले कुनै उत्साह नदिएको बताए। सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१४ बुँदे सहमतिपछि लघुवित्त ऋणीको धर्ना अन्त्य, ३२३ जना घर फर्किए

प्रधानमन्त्रीको अधिनायकवादी कार्यशैली रोक्न राष्ट्रपतिसँग संवाद गरिने : शंकर पोखरेल

सम्बन्धित

कांग्रेसको संकटमा शेखरको परीक्षा : विभाजनको रेखा मेटाउने कि नयाँ इतिहास लेख्ने ?

२५ प्रतिशतसम्म ‘विकास कर’को प्रस्तावले तरंग : सडक विस्तारको नाममा नागरिकको सम्पत्तिमाथि नयाँ बोझ?

शौचालय जाने क्रममा माइक्रोबसको ठक्करबाट आमाछोरीको मृत्यु

छोराको हत्या भएको खबरपछि दाङमा आमाको मृत्यु

सुनको भाउ फेरि बढ्यो, तोलाको ३ लाख १९ हजार ५ सय

कालीमाटीमा आज अधिकांश तरकारीको भाउ स्थिर, केहीमा सामान्य घटबढ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu