ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढिलासुस्ती गर्ने ठेकेदारलाई कायवाही गरिने : गृहमन्त्री


एबीसी न्यूज
१९ जेष्ठ २०७५, शनिबार   २ : ०९   बजे

ताप्लेजुङ, १९ जेठ।  गृहमन्त्री रामबहादुर थापा (बादल)ले मुलुक समृद्धिको आधार नै भौतिक पूर्वाधारको विकास भएकाले यसमा हेलचक्र्याई गर्न नहुने बताउनुभएको छ ।

अहिलेको सरकारको प्राथमिकता नै आर्थिक विकास र समृद्धि भएकाले यसमा सबै पक्षले ध्यान दिन जरुरी रहेको बताउनुभयो । शनिबार यहाँ मन्त्री थापाले सञ्चारकर्मीसँग कुरा गर्दै विकास निर्माणका काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कडाइका साथ कारबाही गर्ने तर्फसमेत सरकार केन्द्रित भएको उल्लेख गर्नुभयो ।

उहाँले मुलुकका कुनै पनि भौतिक संरचनाको निर्माणमा संलग्न रहेर काम पूरा नगर्ने, बीचैमा छाडेर भाग्ने ठेकेदारलाई सम्बन्धित मन्त्रालयले छानबीन गरेपछि कारबाहीका लागि आफ्नो मन्त्रालयले सहयोग गर्ने बताउनुभयो ।

प्रशिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सडक निर्माणमा भएको ढिलासुस्तीका बारेमा समेत चासो राख्दै उहाँले यस्तो बताउनुभएको हो । २०७२ को असारमा (कन्काई) कम्पनीले दुई वर्षभित्रै ग्राभेल गर्ने, नाली काट्ने कामसक्ने गरी सम्झौता गरे पनि हालसम्म काम पूरा नभएकोमा सञ्चारकर्मी लगायतले यस विषयमा मन्त्री थापाको ध्यानाकर्षण गराएका थिए ।

यसैबीच मुलुकका विभिन्न सीमा क्षेत्रमा निकट भविष्यमा नै जनशक्ति उत्पादन गरी सुरक्षा व्यवस्था मिलाइने पनि उहाँले बताउनुभयो । अहिलेको जनशक्तिले सबैतिर धान्न नसक्ने भन्दै चाँडै यसको व्यवस्थापन गर्ने तर्फ केन्द्रित भएको उहाँको भनाइ छ ।

यसअघि आज बिहान जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको मन्त्री थापाले उद्घाटन गर्नुभयो । एकवर्ष अघि करीब रु ६ करोडको लागतमा निर्माण भएको भवनको उहाँले उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले उत्तरी सीमा सुरक्षामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । ताप्लेजुङ दुबै छिमेकीमूलुक चीन र भारतसँग जोडिएकाले सीमा क्षेत्रको रेखदेख तथा सुरक्षामा ध्यान दिन आवश्यक रहेको भन्दै उहाँले गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

पर्यटन प्रवद्र्धन, जलस्रोत तथा स्थानीय स्रोतसाधनको उपयोग लगायतका हिसाबले ताप्लेजुङ मुलुकै समृद्धिका लागि सम्पत्ति भएकाले यहाँको विकासमा चासो दिन उहाँले आग्रह गर्नुभयो ।

त्यसैगरी मन्त्री थापाले आज बिहान जिल्लास्थित नेपाल कम्युनिष्ट पार्टीका अगुवा कार्यकर्तासँग भेटघाट गर्नुभएको छ । यसअघि उत्तरी नाका ओलाङचुङगोला क्षेत्रको अवलोकन गर्ने कार्यक्रम तय भए पनि मौसमले साथ नदिएकाले मन्त्री थापा संखुवासभाको जिल्ला प्रशासन कार्यालयको भवन उद्घाटनका लागि त्यस तर्फ जानुभएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सत्ता र चुनावमै अलमलिँदा कम्युनिस्ट आन्दोलनमाथि संकट आयो’ : प्रचण्ड

सरकारको स्वेच्छाचारितालाई रोक्ने बलियो विकल्प नै छैन: प्रदीप ज्ञवाली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal’s Irrigation Projects Key to Agricultural Growth, Minister Says

म्याग्दीमा पर्यटकीय पूर्वाधार विस्तार, एक वर्षमा चार किलोमिटरभन्दा बढी पदमार्ग निर्माण

‘सत्ता र चुनावमै अलमलिँदा कम्युनिस्ट आन्दोलनमाथि संकट आयो’ : प्रचण्ड

नागरिकको ढाड सेक्ने करविरुद्ध देशव्यापी अभियान चलाउँछौँ : कुलमान घिसिङ

क्यानडाको जवाफी ट्यारिफपछि ट्रम्प आक्रोशित, दुई देशबीच व्यापार तनाव चर्किँदै

आँधी ‘नारा’ हङकङतर्फ नजिकिँदै, मंगलबार वा बुधबार चेतावनी संकेत जारी हुन सक्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu