ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन मागे फोटो पत्रकारहरुले सरकारसँग सुरक्षा ?


एबीसी न्यूज
१९ जेष्ठ २०७५, शनिबार   ७ : ३७   बजे

काठमाडौँ, १९ जेठ । नेपाल फोटो पत्रकार महासंघ (एनएफपिजे) ले पछिल्लो पटक फोटो पत्रकारहरूमाथि धम्की दिनुका साथै आक्रमण भइरहेको भन्दै सुरक्षाको माग गरेको छ ।

महासंघले यहाँ आज पत्रकार सम्मेलन गरी नौबुँदे “चितवन घोषणापत्र–२०७५” जारी गर्दै फोटो पत्रकारमाथि सेल्फ सेन्सरसिप बढेको भन्दै फोटो पत्रकारको सुरक्षा, सम्मान र स्वतन्त्र रुपमा उपभोग गर्न पाउने वातावरण सिर्जना गर्न ध्यानाकर्षण समेत गराएको छ ।

सम्मेलनमा महासंघका कार्यवाहक अध्यक्ष सागर श्रेष्ठले संविधानले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक अधिकारका रुपमा व्यवस्था गरेको, तर त्यसको पूर्णरुपमा कार्यान्वयन भएको छैन भन्नुभयो ।

राज्य र गैर–राज्य पक्षबाट फोटो पत्रकारमाथि प्रत्यक्ष वा अप्रत्यक्ष प्रहारका प्रयास भइरहेका भन्दै अध्यक्ष श्रेष्ठले त्यसप्रति आफूहरूको गम्भीर आपत्ति रहेको बताउनुभयो ।

महासंघका महासचिव हरि रेग्मीले पत्रकारहरूको क्षमता र दक्षता अभिवृद्धि गर्न विभिन्न संघसंस्थासँग सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगरले नेपालका हरेक परिवर्तनका आन्दोलनमा फोटो पत्रकारहरूले खेलेको भूमिकाको चर्चा गर्नुभयो ।

देशभरका विभिन्न संचार माध्यममा कार्यरत फोटो पत्रकारलाई नेपाल फोटो पत्रकार महासंघमा गोलबद्ध गराउने, महासंघमा आबद्ध सदस्यहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका तालिम सञ्चालन गर्ने र उक्त कार्यका लागि विभिन्न संघ संस्थासँग सहकार्य गर्ने र आम फोटो पत्रकारहरूको हकहितका लागि आवाज बुलन्द गर्ने लगायतका विषयलाई घोषणापत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सत्ता र चुनावमै अलमलिँदा कम्युनिस्ट आन्दोलनमाथि संकट आयो’ : प्रचण्ड

सरकारको स्वेच्छाचारितालाई रोक्ने बलियो विकल्प नै छैन: प्रदीप ज्ञवाली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal’s Irrigation Projects Key to Agricultural Growth, Minister Says

म्याग्दीमा पर्यटकीय पूर्वाधार विस्तार, एक वर्षमा चार किलोमिटरभन्दा बढी पदमार्ग निर्माण

‘सत्ता र चुनावमै अलमलिँदा कम्युनिस्ट आन्दोलनमाथि संकट आयो’ : प्रचण्ड

नागरिकको ढाड सेक्ने करविरुद्ध देशव्यापी अभियान चलाउँछौँ : कुलमान घिसिङ

क्यानडाको जवाफी ट्यारिफपछि ट्रम्प आक्रोशित, दुई देशबीच व्यापार तनाव चर्किँदै

आँधी ‘नारा’ हङकङतर्फ नजिकिँदै, मंगलबार वा बुधबार चेतावनी संकेत जारी हुन सक्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu