काठमाडौ, २० जेठ । सुन तस्करीका मुख्य अभियुक्तमध्येका एक डा।डेविट भनिने छिरिङ्ग वाङगेल घले जेल चलान भएका छन्।
जिल्ला अदालत मोरङले बयानपछि उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो। घलेले आइतबार जिल्ला अदालत मोरङमा आत्मसर्मपण गरेका थिए ।
प्रहरीले उनलाई फरार अभियुक्त बनाएर मुद्दा दायर गरेको थियो।
घले यसअघि पक्राउ परेका भुजुङ गुरुङका आफन्त हुन्।
अनुसन्धानको क्रममा उनी मुख्य लगानीकर्तामध्ये एक भएको बिशेष छानबिन समितिको दाबी छ।
प्रतिक्रिया दिनुहोस्