काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकीकरणका तल्ला प्रकृयालाई टुङगाउनका लागि आफूहरु लागि परेको बताउनुभएको छ ।
नेकपा मकवानपुरले आयोजना गरेको नेता कार्यकर्ता भेटघाटमा उहाँले एकीकरणको तल्ला प्रक्रियालाई टुङगो लगाउन लागिपरेको बताउँदै पार्टीमा गुट बनाउन नदिने बताउनुएको छ । अध्यक्ष ओलीले प्रश्न गर्नुभयो, ‘कम्युनिष्टका दुईवटा धार मिलिसकेपछि पनि किन गुटको आवश्यकता पर्यो ?’
सोही भेटघाट कार्यक्रममा बोल्दै उँहाले पाँच वर्षभित्रमा काठमाडौं–रक्सौल रेलमार्ग बनाएर रेल कुदाएरै छाड्ने पनि बताउनुभयो ।
रेल चल्दैन भन्नेलाई फ्रिमा रेल चढाउने बताउँदै उँहाले भन्नुभयो, ‘एक वर्षमा रेलमार्गको डीपीआर बनाएर सक्छौं, पाँच वर्ष भित्रमा रेल चलाउँछौं । अनि रेल चल्दैन भन्नेहरुलाई त्यो रेलमा टिकट नकाटिकन चढाउनेछौं ।’
प्रतिक्रिया दिनुहोस्