सप्तरी, ३० जेठ – आफ्नै ससुराले कुटपिट गरी ज्वाइँको हत्या गरेका छन् । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा ससुराले कुटपिट गरी ज्वाइँको हत्या गरेका हुन् ।
ससुरा रामदयाल साह र उनका परिवारजनको कुटपिटबाट हनुमाननगर नगरपालिकास्थित गिदखोराका दिपेन्द्र मण्डल मारिएका हुन् ।
दुई वर्षअघि प्रेम विवाह गरेका मण्डललाई उनकै कान्छी श्रीमती अन्जना साहले छोरीको जन्मदिनको बहानामा बोलाई हत्या गरेको आफन्तको आरोप छ ।
मण्डल पहिलेदेखि नै विवाहित रहेको र जेठी श्रीमती रेश्मी मण्डलसँग बस्ने गरेकाले अन्जनाको परिवारले योजनावद्ध ढंगले हत्या गरेको परिवारजनको आरोप छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको सप्तरीका एसपी मुकेशकुमार सिंहले जानकारी गराएका छन् । घटनामा संलग्न रहेका आरोपमा प्रहरीले रामदयाल साहसहित तीन जनालाई पक्राउ गरेको छ ।
मण्डललाई हत्या गरी घरभन्दा करिब १ किलोमिटर पर फालेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्