बुटवल, ३० जेठ । भैरहवामा नौ दिनअघि भएको युवकको हत्यामा आफ्नै दाजुको संलग्नता रहेको खुलेको छ ।
गत जेठ २१ गते राति सिद्धार्थनगर नगरपालिका ८ लेखनाथपथका सतिस साहनीको शंकास्पद मृत्यु भएको थियो ।
उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतकको दाजु सञ्जय साहनीले भाइ सतिसलाई निद्रा लाग्ने औषधी दूधमा मिसाएर सेवन गराई बेहोस बनाएपछि घांटी थिचेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लिनारायण पाण्डेले जानकारी दिए ।
सम्पत्तिको लोभले सोतेलो भाइको हत्या भएको अनुसन्धानमा खुलेको पाण्डेले बताए । हत्यामा संलग्नताको पुष्टी भएपछि सञ्जयलाई पक्राउ गरी अनुसन्धान सुरु गरिको छ ।
प्रतिक्रिया दिनुहोस्