ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सञ्चारकर्मीका लागि विपद् व्यवस्थापन प्रशिक्षण


bhawani desk
१ असार २०७५, शुक्रबार   २ : २९   बजे

काभ्रे १असार । प्राकृतिक विपद्को हिसाबले नेपाल उच्च जोखिममा रहे पनि त्यसबाट बच्न पूर्वतयारी र विपद्पछिको प्रतिकार्यमा निकै कमजोर रहेको विज्ञहरुको धारणा छ ।

गृह मन्त्रालय र एशियाली विपद् तयारी केन्द्र (एडिपिसी) द्वारा सञ्चारकर्मीहरुका लागि यहाँ आयोजित विपद् जोखिम व्यवस्थापनसम्बन्धी तीनदिने प्रशिक्षणका अवसरमा विकास प्रयास र विपद् जोखिम न्यूनीकरणबीच सन्तुलन कायम गर्नुपर्नेमा उहाँहरुको जोड रहेको छ ।

कार्यशालामा गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले सबैखालका विपद्हरुका सम्बन्धमा स्पष्ट व्यवस्था गरेको संघ, प्रदेश र स्थानीय निकायको भूमिका किटानी भएकाले यसका पूर्ण कर्मचारीबाट विपद्पूर्व र विपद्पछिको कार्यमा निकै सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले ऐनमा उल्लेख भएबमोजिम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण छिट्टै गठन गरिने तथा ऐनअनुसार नियमावली पनि ल्याउन लागिएको जानकारी दिनुभयो ।

एडिपिसीका कार्यक्रम प्रबन्धक मनबहादुर थापाले विपद् जोखिम न्यूनीकरणमा विकासको मूल प्रवाहीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै दिगो विकास लक्ष्य हासिल गर्न विपद् व्यवस्थापनमा ध्यान दिनुपर्ने, विकास र विपद्बीच सन्तुलन कायम गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले विपद्लाई विकाससँग मूल पर्वाहीकरण गर्न राष्ट्रिय भवनसंहिता लागू, जिल्ला विपद् व्यवस्थापन योजना तर्जुमा, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन लागू, आवधिक योजनामा विशेष व्यवस्था हुनाका साथै विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गरी प्रतिबद्धता जनाएको उल्लेख गर्नुभयो ।

गृहमन्त्रालयका उपसचिव उमेशकुमार ढकालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विद्यमान कानून तथा संरचनात्मक व्यवस्थाका बारेमा प्रकाश पार्नुभयो ।

तालीमको सहजीकरण गर्दै एडिपिसीका सञ्चार प्रबन्धक विद्या रानाले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेकाले उनीहरुको क्षमता अभिवृद्धि गर्नु आवश्यक रहेको बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन गरिएको प्रशिक्षणमा विभिन्न सञ्चारमाध्यमका ३० जना सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group