ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्नीसँग यौनसम्पर्क राख्दा पति पक्राउ : प्रहरी र स्थानीयबीच झडप १५ जना घाइते ( नामसहित )


एबीसी न्यूज
२ असार २०७५, शनिबार   १२ : ०७   बजे

लमही, २ असार । पत्नीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका युवकलाई छुटाउन दवाव दिएपछि दाङको गढावा गाँउपालिका वडा नं. ६ गढवामा प्रहरी र स्थानीयबासीबीच झडप भएको छ । झडपमा तीन प्रहरीसहित १२ जना स्थानीय घाइते भएका छन् ।

जवरजस्ती करणीको आरोपमा पक्राउ परेका गढवा ६ का २२ वर्षीय भरतप्रताप यादवलाई रिहाइको माग गर्दै स्थानीयले शुक्रबार प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरूणकुमार सिंहले जानकारी दिए ।

प्रदर्शनकारीले गढुवा प्रहरीका सई कमल आचार्य, प्रहरी हवल्दार दौलतसिंह बुढा र अर्का एकजना प्रहरीलाई आक्रमण गरी घाइते बनाएका छन । स्थानीयले आक्रमण गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । ईप्रका गढुवा घेराउ गर्न आएका प्रर्दशनकारीलाई त्यसपछि बाध्य भएर प्रहरीले लाठी चार्ज गर्नु परेको तथा त्यसक्रमा दुई सेल अस्रु ग्याँस प्रहार गर्नु परेको गोलले जानकारी दिए।

गढुवाबाट पत्रकार देव यादवले दिएको जानकारी अनुसार प्रहरीको आक्रमणबाट १२ जना स्थानीय प्रर्दशनकारी घाइते भएका छन्। ४५ वर्षीय मालिकराम यादव, ५३ वर्षीय सतगुर यादव, ४८ बर्षीया दीपा यादव, २३ बर्षीया संगीता यादव, २४ बर्षीय अनवर अली, ३० वर्षीया अनिता यादव, २८ वर्षीया मञ्जिला यादव, ४४ वर्षीय साहेवदास यादव, २० वर्षीय अनुप यादव लगाएतका रहेको पत्रकार देव यादवले जानकारी दिए।

गढुवा गाउँपालिका वडा नं। ६ गढुवा बजार निवासी २२ वर्षीय भरतप्रताप यादवको स्थानीय एकजना १५ वर्षीया किशोरीसंँग तीन महिना अगाडि बिहे भएको थियो। तर केटी पक्षले गत जेठ २७ गते आफ्नी छोरी माथि बलात्कार भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले आरोपित भरतप्रताप यादवलाई पक्राउ गरी मुद्दा दर्ता गरेर कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाए पछि केटा पक्षले त्यसको विरोध गरेका छन्।

केटाका आफन्त तथा स्थानीयले सुनियोजित तरीकाले भरतप्रतापलाई फसाइएको भन्दै तत्काल उनको रिहाईको माग गर्दै शुक्रबार मध्यान्ह १२ बजेदेखि साढे ५ बजेसम्म ईप्रका गढुवा घेराउ गर्दै प्रर्दशन गरेका छन्। बेलुकापख स्थानीय जनप्रतिनिधिसहित प्रर्दशनमा उत्रिएका व्यक्ति र पीडित पक्ष दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ कहाँ घोराही गएपछि प्रर्दशन रोकिएको हो। सर्वसाधारणले ढुङ्गा मुढा गर्दै प्रहरी प्रशासनका विरुद्ध चर्का नारावाजी गरेका थिए। उनीहरुले बजार बन्द गराउनुका साथै टायर बालेर प्रर्दशन गरेका थिए।

तीन महिनाअघि केटा केटीले प्रेम बिवाह गरेको र पछि केटी पक्षले केटी फिर्ता लगेर अहिले जबरजस्ती करणीको मुद्दा दर्ता गरेर फसाउने खोजेको आरोप केटा पक्षले लगाउने गरेको छ।

झुठा मुद्दा फिर्ता गरी युवकलाई रिहा नगरे गढवा बजार नै बन्द गरेर प्रहरीका बिरुद्धमा आन्दोलन थाल्ने केटा पक्षले चेतावनी दिएका छन्। उत्पन्न समस्या समाधानका पक्षमा दुबै पक्षसंग सम्वादको प्रयास जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा उठेका सांसदका प्रश्नको जवाफ दिन सरकारले सुरु गर्‍यो विशेष संयन्त्र

फ्लूका कारण पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह अस्पताल भर्ना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal’s Iron Ore Mining Projects Stall, Fueling Import Dependence

Nepali Artists Mark Film’s Cannes Success With Open-Air Painting Event

Iowa’s Economic Woes and Environmental Concerns Threaten Midterm Elections

Russia Issues Warnings Over Ship Interceptions Near UK Coast

भारतीय सेनाबाट अवकाशपछि ड्रागन फ्रुटमा सफलता, वार्षिक ६० लाखसम्म आम्दानी

 नेपालगन्जका दुई स्पाबाट तीन सञ्चालक पक्राउ, सात किशोरीको उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu