ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्ल्याण्डले ट्युनिसियालाई २–१ ले हरायो


एबीसी न्यूज
५ असार २०७५, मंगलबार   ७ : २९   बजे
 असार ५, । विश्वकप फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा इंग्ल्याण्डले ट्युनिसियालाई २–१ ले हरायो ।

पहिलो हाफमा १–१ गोलको बराबरीमा रोकिएको इंग्ल्याण्डका लागि ह्यारी केनले उद्धार गरे ।

कप्तान ह्यारी केनले दुई गोल गर्दै इंग्ल्याण्डलाई ट्युनिसियाविरुद्ध जित निकालेका हुन्  । ११औं मिनेटमा ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए ।

३५औं मिनेटमा ट्युनिसियाले पेनाल्टी पायो । पेनाल्टीलाई फेरजानी सास्सीले गोलमा परिणत गरे । पहिलो हाफ १-१ को बराबरीमा रह्यो ।

दोस्रो हाफको निर्धारित समयसम्म कुनै टिमले गोल गर्न नसक्दा खेल बराबरीमै समाप्त हुने देखिएको थियो ।

तर दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा इंग्ल्याण्डले कर्नर पायो । कियरन ट्रिप्पियरले हानेको कर्नर किकलाई ह्यारी मगायरले हेड गरे । त्यसै हेडबललाई कप्तान ह्यारी केनले ह्डरमार्फत नै जाली चुमाइदिए पछि इंग्ल्याण्डले २ १ को जित निकाल्दै महत्वपूर्ण ३ अंक हात पार्यो ।

इंग्ल्याण्डले १२ वर्षपछि महत्वपूर्ण फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको हो । सन् २००६ को विश्वकपको आफ्नो पहिलो खेलमा इग्ल्याण्डले पाराग्वेलाई  हराएको थियो । गएरातिका २ खेलपछि समूह जीमा बेल्यिम र इंग्ल्याण्डले तीन तीन अंक जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

विश्वकपमा अर्को सनसनी : केप भर्डेले उरुग्वेलाई रोकेर इतिहास रच्यो, २–२ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group